हस्ताक्षर फिर्ता लिन दिएको अल्टिमेटममा माधव पक्षले हस्ताक्षर फिर्ता नगर्ने
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका २३ सांसदले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको अल्टिमेटम आज बेलुका ५ बजे सकिँदैछ ।
गत शुक्रबार बसेको ओली पक्षीय केन्द्रीय समिति बैठकमार्फत अध्यक्ष ओलीले असार २१ गते सोमबार बेलुका ५ बजेसम्मको अल्टिमेटम दिँदै त्यो बेलासम्म हस्ताक्षर फिर्ता नलिए एमाले नै नरहने चेतावनीसमेत दिएका थिए ।
तर, ओलीले दिएको समयसीमा सकिन लाग्दा पनि नेपाल समुहमा कुनै हलचल आएको छैन । बरु उल्टै ओलीले हस्ताक्षर फिर्ता लिन दिएको अल्टिमेटममा माधव पक्षले हस्ताक्षर फिर्ता नगर्ने जवाफ दिइसकेको छ ।
योसँगै एमालेभित्रको विवाद थप जटिल र नयाँ मोडमा प्रवेश गर्ने भएको छ । अर्था्त ओलीले अव माधव नेपाल सहितका हस्ताक्षर गर्ने नेताहरुलाई कारवाही गर्नुपर्ने हुन्छ । तर, कारवाही गरेमा मात्रै पनि एमाले औपचारिक रुपमै विभाजन हुनेछ ।
अध्यक्ष ओलीको समसयसीमा सकिनै लाग्दा एमालेका दोस्रो तहका नेताहरुको दौडधुप पनि बढेको छ । आइतबार नेपाललाई फकाउन ओली पक्षीय नेताहरु नेपाल निवास कोटेश्वर पुगे पनि नेपालले खासै चासो नदिएपछि ओली पक्षीय नेताहरु निरास बनेका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस