फिलिपिन्समा ८५ सैनिक बोकेर उडेको सैनिक विमान आइतबार दुर्घटनामा परेको छ ।
फिलिपिन्समा ८५ सैनिक बोकेर उडेको सैनिक विमान आइतबार दुर्घटनामा परेको छ । यो विमानले कागायन डि ओरो सिटीबाट उडान भरेको थियो ।
सैनिक प्रमुख जनरल सिरिलिटो सोबेजानाले एएफपीलाई बताएअनुसार यस विमानमा आगो लागेको थियो । घटनामा १७ सैनिकको मृत्यु भएको छ । यद्यपि, ४० जना सैनिकलाई बचाइएको छ । उनीहरुको उपचार भइरहेको छ ।
घटनाको समय विमानलाई सुलु राज्यको जोलो आइल्यान्डमा ल्यान्ड गराउने प्रयत्न गरिएको थियो । सोबेजानाका अनुसार समयमै उद्धारका लागि सैनिक टोली पुग्यो ।
विमानमा रहेका अधिकांश सैनिकहरुले भर्खरै मात्रै आधारभूत सैन्य तालिम लिएका थिए । उनीहरुलाई त्यस्ता विभिन्न टापुहरूका लागि पठाइएको थियो, जहाँ आतंककारी गतिविधिहरु धेरै हुन्छ ।
दक्षिण फिलिपिन्समा रहेका टापुहरूमा अपहरण, धम्की सामान्य मानिन्छ । त्यहीकारण यहाँ सुरक्षाका लागि ठूलो संख्यामा सैनिक पनि परिचालन गर्ने गरिएको हो । यहाँको अबु सैइयफ नामक संगठनलाई सरकारले आतंककारी घोषणा गरेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस