• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

यी नेपाली सेनाका हाकिमको नाममा कसरी जोडियो यत्रो सम्पति ?

July 4, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : ० मिनेट
यी नेपाली सेनाका हाकिमको नाममा कसरी जोडियो यत्रो सम्पति ?

४४ औं प्रधानसेनापतिका रुपमा करिब २ महिना पछि फूली लगाउँदैछन्।


Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

आफ्नो कार्यकालको हजार दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गरी प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनामा सुधारका काम आफ्नो कार्यकालमा नभएका जति अर्का प्रमुखले गर्ने बताए। उनले तयार पारेका उत्तराधिकारीबाट नेपाली सेनाले गरिरहेको र जारी राखेका राम्रा काम हुनेछन्। थापाका उत्तराधिकारी अर्थात् आगामी सैनिक प्रमुख हुन्, जर्नेल प्रभुराम शर्मा।

शर्मा ४४ औं प्रधानसेनापतिका रुपमा करिब २ महिना पछि फूली लगाउँदैछन्। हाल उपरथी रहेका शर्मा काठमाडौँको नागार्जुन नगरपालिका वडा नं ४ लाम्थुम्कीका स्थायी बासिन्दा हुन् । सामूहिक नेतृत्वलाई मन पराउने शर्मा इतिहासका ज्ञाता पनि हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर गरेका छन् भने भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) को तालिम र अमेरिकामा पनि सैन्य शिक्षा हासिल गरेका अधिकारी हुन्। शर्मा युद्ध कार्यका लागि अब्बल अधिकारी मानिन्छन्।

शर्माको नागार्जुन नगरपालिका वडा नं ४ लाम्थुम्कीमा आमा सुभद्रा पौडेलको नाममा ६ आना क्षेत्रफलमा साढे २ तले घर रहेको छ । आमा सुभद्रा पौडेल कै नाममा शर्माको नागार्जुन नगरपालिका वडा नं ४ मा ८.५ र वडा नं ६ मा चार रोपनी जग्गा रहेको छ । शर्माकी श्रीमती सुनिता शर्माको नाममा ललितपुर महानगरपालिका १५ मा आठ आना जग्गा रहेको छ, जुन त्यो समयमा २० लाख रुपैयाँमा खरिद गरिएको हो ।

शर्मासँग १३.५ तोला सुन र २० तोला चाँदी रहेको नेपाली सेनाको अभिलेखमा उल्लेख छ । शर्मासँग राष्ट्रिय बाणिज्य बैंक, विशालबजारमा १९ लाख र नबिल बैंक बानेश्वरमा ४७ हजार अमेरिकी डलर रहेको उल्लेख छ । हालका प्रधानसेनापति थापाले २०७८ भदौ २४ मा अनिवार्य अवकास पाएसँगै शर्मा उनको ठाउँमा नेपाली सेनाको प्रधानसेनापति बन्नेछन् ।

नेपाली सेनाको युद्धकार्य महानिर्देशकको समेत जिम्मेवारी सम्हालिसकेका उपरथी शर्मा हाल सम्भाररथी विभागको प्रमुख छन् । शर्माको रथीको दुई वर्षे पदावधी २०७८ पुष सम्म कायम रहनेछ । हालका प्रधानसेनापति थापा शर्माभन्दा ४ महिनाअघि नै अनिवार्य अवकासमा जाने भएपछि शर्मालाई सेनापति बन्न कुनै समस्या हुनेछैन ।

सेनामा दुई जना रथीको दरबन्दी रहेको छ । अर्का रथी शरद गिरीले पनि आगामी असार ०६ गते अनिवार्य अवकास पाउनेछन् । श्री पूरानो गोरख गणका गणपति समेत रहेका शर्माले नम्बर ६ बाहिनी अड्डा बैरेनी तथा मध्य पृतना हेडक्वाटर सुपारिटार ब्यारेक हेटौँडा कमाण्ड गरिसकेका छन् ।

कृष्ण जीसी यतिखेर सबैभन्दा बढी कमाउने अधिकृतको रूपमा सेनाभित्र परिचित छन् । उनको ठिमीतिर तीन रोपनीको बङ्ग्लो रहेको बताइन्छ । स्रोतका अनुसार– ‘अन्यत्र जोडिएका घर जग्गाको विवरण नै अथाह छ । नेताहरूसँग बाक्लै उठबस गर्न थालेका जीसीले डेढ दुई करोडको गाडी चढ्ने हैसियत बनाइसकेका छन् ।’ उनी लामो समयसम्म सेनाको सम्भार र खाद्य परिवहनमा थिए ।

अहिले १८ नं. बाहिनीमा रहेका कृष्ण सापकोटा अर्का अकुत कमाउनेमध्येमा पर्छन् । पहिले राष्ट्रिय निकुञ्जमा थिए । तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले निकै पुल्पुलाएका सापकोटाले नेशनल डिफेन्स कोर्सको अवसरसमेत पाइसकेका छन् ।

सहायक रथी आश बहादुर तामाङ्गको सम्पति पनि अत्यास लाग्दो छ । तामाङ्गको लमजुङ्ग सुन्दरबजार नगरपालिकामा १०१७ वर्ग मिटरमा रहेको घर अज्ञात व्यक्तिले जलाई दिएका थिए । तामाङ्गको हाल लमजुङ्ग, पोखरा र काठमाडौँमा गरि ३ ठाउँमा जग्गा छ । काठमाडौँको जग्गा उनले श्रीमती हेमा तामाङ्गको नाममा राखेका छन् । लमजुङ्गको जग्गा पैत्रिक, पोखराको जग्गा ७ लाखमा र काठमाडौँको जग्गा १४ लाखमा खरिद गरिएको हो । तामाङ्गसँग १५ तोला सुन र १० तोला चांदी भएको बताईन्छ । तामाङ्गको विभिन्न ४ वटा बैंकमा खाता रहेको छ । सहायक रथी तामाङ्गको अपार तामाकोशी हाईड्रोपावरमा ९७ कित्ता शेयर पनि रहेको छ । तामाङ्गका छोरा एमबिबिएसमा अध्यनरत छन् ।

भक्तपुर गुण्डु घर भएका उपरथी अनन्त कार्कीको काठमाडौँ महानगरपालिका वडा नं ३ मा १९०.७७ वर्ग मिटर जग्गा रहेको छ । कार्कीको सुर्यविनायक नगरपालिका वडा नं ७ मा ४५७८.६३२३ वर्ग मिटर जग्गा रहेको छ । कार्कीकी श्रीमती सबिता थापाको नाममा बाँकेको कोहलपुरमा २४७१ वर्ग मिटर जग्गा छ । कार्कीसँग ५०० तोला चाँदी तथा ४१ तोला सुन भएको बताईन्छ । विभिन्न बैंकमा गरेर कार्की दम्पतिको नाममा ८ लाख नगद जम्मा छ । यो रकम थपघट भएको पनि हुन सक्नेछ । यसका अलावा १०० कित्ता शेयर, ६ लाख ४० हजारको बाईक लगायत सम्पति कार्कीसँग रहेको बताईन्छ ।

  • ##नेपाली सेना

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑