बिद्यार्थी भिषामा जापान जान चाहाने सबैले निशुल्क भाषा पढन पाउनु पर्छ । : प्रवन्धक सावित्री लम्साल
चैत, चितवन। बिगत १० वर्ष देखि यासाशि जापानीज भाषा स्कूल ले चितवन जिल्ला बाट जापानिज भाषा पढेर विद्यार्थी भिसामा जापान जान चाहने विद्यार्थीले निशुल्क जापानिज भाषा पढेर जापान जान पाउनुपर्छ, भनेर, सुरुवात गरेको थियो। सुरुका दिनमा केही शैक्षिक परामर्श ब्यबसाही बाटनै असहयोग, बिरोध गर्नुको साथै निशुल्क जापानिज भाषा पढायमा ब्यबसायानै बन्न्द गरिदिने सम्मका धम्कि पनि हामीले सामना गर्नुपरेको स्मरण आज पनि मानसपटलमा ताजै छ। सुरुका दिनमा असहयोग गर्ने निशुल्क जापानिज भाषा पढायमा ब्यबसायनै बन्न्द गरिदिने सम्मका धम्किदिने हरु आज कोहि ब्यबसायबाटनै पलायन हुनुभयको छ, भने केहि यासाशि जापानीज भाषा स्कूल ले अगालेको बाटो अगाल्दै निशुल्क जापानिज भाषा पढाउदै हुनुहुन्छ। यो सगै हामीलाई आशा छ, हामी कुनै दिन यो उद्देश्यमा अबस्य सफल हुनेछौ। यो कदम बाट पनि चितवनका केहि हद सम्म धेरै विद्यार्थीले निशुल्क जापानिज भाषा पढेर जापान जान पाईरहेको अनुभब महसुस भयको मा हामी खुशी छौ। तर पछिल्ला दिनमा केहि शैक्षिक परामर्श ब्यबसायी को बिज्ञापन, फेसबुक हरुमा निशुल्क जापानिज भाषा पढाईने भनेर लेखिएको तर विद्यार्थी सग जापानिज भाषा पढायको पैसा असुल्ने गरेको सुनिन आयकोले निशुल्क जापानिज भाषा पढाईने भनेर पैसा असुल्ने हरु प्रति यासाशि जापानीज भाषा स्कूल को ध्यानाकरसण भयको छ ।
हामीले पैसा लियर जापानीज भाषा पढाउने हरुको बिरोध गरेका होइनौ र गर्ने पनि छैनौ। तर बिज्ञापन, फेसबुक हरुमा निशुल्क जापानिज भाषा पढाईने भनेर लेख्ने तर विद्यार्थी सग जापानिज भाषा पढायको पैसा असुल्ने गरेकाको बिरोध गरका हौ।
यासाशि जापानीज भाषा स्कूलको जापानीज भाषापढ्न चाहने विद्यार्थीहरुलाई के अनुरोध छ भने पैसा तिरेर पढ्ने या निशुल्क जापानिज पढ्ने त्यो तपाइको अधिकार र रोजाइको कुराहो। तर येदि कुनै शैक्षिक परामर्श ब्यबसायीले तपाइलाई निशुल्क जापानिज भाषा पढाईने भनेर बिज्ञापन देखायर आफ्नो शैक्षिक सस्था प्रति आकर्ष़ाण गर्ने र पछि जापानिज भाषा भाषा पढायको पैसा माग्ने असुल्ने गरेकाको छ, भने हामीलाई विज्ञापनको फोटोसहित पठाउनुहोस हामी तेस्लाई समाचार बनायर यस्ता कार्य लाई निरुसहित गर्नेछौ ।
हामीले चालेको यो कदमप्रति केहि हद सम्म सफल बनाउन सम्पूर्ण शैक्षिक परामर्श ब्यबसाही हरुले सहयोग गर्नु भयको महसुस गरेका छौ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस