
चैत, काठमाडौँ । कोरोना संक्रमण लाइ मध्यनजर गर्र्दै 2021 जुलाइमा हुने JLPT परीक्षा स्थगित गरिएको छ l जापानी भाषा शिक्षक संगठन , नेपालले एक सूचना जारी गर्र्दै 2021 जुलाइमा हुने JLPT परीक्षा स्थगित गरिएको जनाएको छ l
उक्त जारी सुचना जस्ताको त्यस्तै -:
नोभेल कोरोना भाइरस ( कोभिड -१ ९ ) संकमणको जोखिमको अवस्था कायमै रहेको एवं हालसम्म कोभिड -१ ९ पूर्ण रुपमा नियन्त्रणमा आई नसकेको असहज परिस्थितिका कारण सम्पूर्ण परिक्षार्थीहरुको सु – स्वास्थ्यलाई ध्यानमा राखी आगामी २०२१ जुलाई महिनाको Japanese Language Proficiency Test ( JLPT ) परिक्षा स्थगित गरिएको बारे यसै सुचना मार्फत जानकारी गराउदछौं ।
यसबाट पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौं । नोट : परिस्थिति अनुकुल भएमा आगामी JLPT परिक्षा २०२१ डिसेम्बरमा हुनेछ ।
जापानी भाषा शिक्षक संगठन , नेपाल प्रदर्शनी मार्ग , काठमाण्डौं फोन नं ४२४२४०० Email : [email protected] , www.jaltan.org.np Facebook Page : jaltan organization , JLPT NEPAL
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस