चैत, भरतपुर। चितवनमा चैत ७ र ८ गते विद्युत अवरुद्ध हुने भएको छ । भरतपुर सवस्टेसनमा ११ केभी इन्कमर तथा बसकप्लर ब्रेकरहरुको क्षमता अभिवृद्धि गर्ने तथा अन्य मर्मतका कामहरु पनि गर्नुपर्ने भएकाले दुई दिन विद्युत अवरुद्ध हुने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।
चैत ७ र ८ गते बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म विद्युत अवरुद्ध हुने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका इन्जिनियर विनोद सापकोटाले जानकारी दिए । गर्मी बढेसँगै विद्युतको लोड पनि वृद्धि भई विद्युत आपूर्तिमा समस्या हुनसक्ने भएकाले क्षमता अभिवृद्धि तथा मर्मतको काम अनिवार्य गर्नुपर्ने भएको उनले बताए ।
काम भइरहेको समयमा हस्पिटल र नारायणगढ फिडरहरु पूर्ण रुपले प्रभावित हुने भएकाले विद्युतको वैकल्पिक व्यवस्था गर्न प्राधिकरणले सेवाग्राहीहरुलाई आग्रह गरेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस