
चैत, चितवन। मुद्रण संघ चितवनको १९ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशन बाट उपकार सापकोटाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा सन्दिप सुवेदी, सचिवमा रविन मिश्र, कोषाध्यक्षमा उत्तम अर्याल, सहसचिवमा राजाराम त्रिपाठी, सहकोषाध्यक्षमा गौतमबाबु अर्याल निर्विरोध चयन भएका हुन् । त्यस्तै सदस्यहरुमा पुरन थापा, सरोज घिमिरे, प्रकाश फुयाँल, पर्शुराम कँडेल, सुजन अर्याल चयन भएका हुन् ।
उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ प्रमुख अतिथि रहेको कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष गुमान सिंहले गरेका थिए । संघका सचिव सन्दिप सुवेदीले सञ्चालन गरेको कार्यक्रममा संघका पूर्व अध्यक्षहरु विनयकुमार श्रेष्ठ, चूडामणि पौडेल, विमलदेव श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रगति तथा आर्थिक प्रतिवेदन क्रमशः सचिव सन्दीप सुवेदी र कोषाध्यक्ष खुसीराम घिमिरेले प्रस्तुत गरेका थिए ।
नवनिर्वाचित अध्यक्ष सापकोटाले छपाईमा भएको मूल्यसूचीलाई एकरुपता ल्याउने, संगठनलाई जिल्लाव्यापी बनाउने तथा सदस्य बिस्तार मुख्य एजेण्डा भएको बताए । व्यवसाय क्षेत्रमा भएको अस्वस्थ्य प्रतिस्पर्धा, बढ्दो मूल्यवृद्धि, उत्पादित वस्तुको मूल्य घट्दो, एकआपसको खिचातानीले गर्दा व्यवसाय धरासायी बन्दै गएको धारणा उनले राखे । उनले भने- `आगामी दिनमा एउटा निश्चित मूल्यसूची तयार गरी त्यसैलाई आधार मानी सबैलाई पालना गराउने उद्देश्य रहेको छ ।´
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस