फाल्गुन , चितवन । नारायणगढको लिटिल फ्लावर स्कुलमा नेपालमै पहिलोपटक क्याम्ब्रिज एसेसमेन्ट इंग्लिस अंँग्रेजी भाषा कक्षा शुरु हुने भएको छ । विद्यार्थीलाई अन्र्तराष्ट्रिय गुणस्तरको अंग्रेजी भाषा अभ्यस्त गराउन र दक्ष बनाउने उद्धेश्यले उक्त भाषा कक्षा फागुन २६ गतेदेखि शुरु गर्न लागिएको हो । यस विषयमा स्कुलले अभिभावकसंँग परामर्श र अन्र्तक्रिया कार्यक्रम गरिसकेको छ ।
स्कुलका अनुसार पहिलो चरण कक्षा १ देखि ७ कक्षासम्मका विद्यार्थीहरुलाई यस भाषा कक्षा शुरु गरिनेछ ।
स्कुलका प्राचार्य फादर रोबीले अन्तराष्ट्रिय स्तरमा विद्यार्थीलाई प्रतिस्पर्धा गराउन र अंँग्रेजी भाषामा दक्ष बनाउन क्याम्ब्रीज एसेसमेन्ट इंग्लिस कक्षा शुरु गर्न लागिएको बताए । क्याम्ब्रिज परीक्षा केन्द्र समेत रहेको यस स्कुलमा एवन प्री, एवन, एटु, बिवन, बीटु,सिवन, सिटु लेभलका भाषा कक्षाहरु सञ्चालन गरिनेछ । यसका लागि लेभल अनुसार शुल्क को स्वरुप र ढांँचा तयार पारिएको छ । लेभल र कक्षा अनुसार यो भाषा कक्षाको लागि ६८३९ रुपैयांँ देखि ७४०२ रुपैयांँ शुल्क तोकिएको छ । ‘एउटा प्याकेज र एकपटकको कोर्षका्े लागि यो फि स्ट्रक्चर निर्धारण गरिएको छ ,फादर रोवीले भने, सोही कक्षामा अंग्रेजी पढाउने शिक्षकले अध्यापन गराउनुहुनेछ ।’ स्कुलमा भाषा प्रशिक्षण दिन लागिएको नेपालमै पहिलोपटक हो ।’यसका लागि स्कुलले शिक्षकहरुलाई दुई महिनासम्म प्रशिक्षण दिएको थियो ।
जिल्लामा अन्य स्कुलभन्दा फरक तथा अंग्रेजी भाषामा विद्यार्थीलाई दक्ष र अब्बल बनाउन यो कोर्ष शुरु गर्न लागिएको स्कुलका प्रशासकीय अधिकृत गोविन्द पौडेलले जानकारी दिए । यो कोर्ष अध्यापन गराउने निर्णय गरेसंँगै विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको र विद्यार्थीले फाराम भरेर बुझाउन शुरु गरेको पौडेलले बताए । यो भाषाको कोर्ष पुरा गरेपछि विद्यार्थीलाई क्याम्ब्रिज परीक्षा केन्द्रबाट पाउने प्रमाणपत्र उपलब्ध गराईने छ ।
विश्वका १३०वटा देशमा २८०० वटा क्याम्ब्रिज परीक्षा केन्द्र रहेका छन । लिटिल फ्लावरमा क्याम्ब्रिजको परीक्षा केन्द्र शुरु भएपछि स्कुलले भाषा कक्षा अध्ययन अध्यापन गर्न सम्बन्धनका साथै अनुमति प्राप्त गरेको हो । भाषा कक्षा शुरु भएसंँगै स्कुलका शैक्षिक गुणस्तरले थप उचाई प्राप्त गर्ने विश्वास लिईएको प्रशासकीय अधिकृत पौडेलको भनाई छ । जिल्लाको नीजि शैक्षिक संस्थाहरु मध्ये यो लिटिल फ्लावर स्कुलले उत्कृष्ट स्थान हासिल गर्दै आएको छ । जहांँ करीब २२०० भन्दा बढी विद्यार्थीले अध्ययन गर्दै आएका छन । यस शैक्षिक सत्रबाट स्कुलले दश जोड दुईका कक्षाहरु पनि शुरु गरिसकेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस