माघ , चितवन । मिति २०७७ माघ २१:०० बजेको समयमा भ.म.न.पा. ०३ कमलनगर स्थित एकान्त स्थल (चउर)मा तनहुँ निवासी बर्ष ३९ की महिलालाई लुटपाट गरेको भन्ने सुचना प्राप्त हुना साथ वडा प्रहरी कार्यालय नारायघाटबाट प्रहरी टोली खटी गइ निज महिलाको उद्दार गरी उपचारको लागि अस्पताल पठाउनको साथै अभियुक्तको ब्यापक खोजलतास कार्य शुरु गरेको।
अनुसन्धानको क्रममा नाम बिशाल बताउने, आफु मोटरपार्टस र वर्कसप सञ्चालक हुँ भन्ने ब्यक्तिले फोन मार्फत चिनजान गरी बिभिन्न प्रलोभन देखाइ चितवन घुम्न आउनु भनि तनहुँबाट चितवन बोलाई मिति २०७७ माघ २४ गते करिव १८:०० बजेको समयमा जिल्ला चितवन भ.म.न.पा. ०१ पुल्चोकमा भेटी भ.म.न.पा. ०३ कमलनगर स्थित एकान्त स्थल (चउर)मा लगि ज्यान लिने धम्की दिइ चक्कु जस्तो धारिलो हतियार देखाई कुटपिट लछार पछार गरी कान र हातमा समेत चोट पुर्याइ निज महिलाले लगाएको सुनको झुम्का, सिक्रि, ब्रासलेट, ०२ वटा औंठी, हातमा लगाएको घडी , ०२ वटा मोवाइल र नगद रु १७०००।– (सत्र हजार) गरी जम्मा रु ५,६३२५०।– (पाँच लाख त्रिसठ्ठी हजार दुइ सय पचास) रुपैया बराबरको घनमाल डाँका गरी लुटि लगेको खुलेको।
उक्त व्यक्तिको हुलियाको आधारमा खोजतलास गर्ने क्रममा मिति २०७७ माघ २७ गते १३:१० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. ९ बस्ने बर्ष ३२ को बिकल क्षेत्रीलाई भरतपुर महानगरपालिका ३ बाह्रघरेबाट पक्राउ गरी निजको घरकोठा खानतलासी गर्दा डाँका गरी लगेका केही धनमाल वरामद गरिएको साथै बाँकी (कानमा लगाउने झुम्का एक जोर र हातमा लगाउने ब्रासलेट) भ.म.न.पा. ११ बस्ने बर्ष २९ को सन्तोष विश्वकर्मालाई बेचेको भनी खुलाएकाले निज सन्तोष विश्वकर्मालाई समेत तत्काल पक्राउ गरी दुबै अभियुक्तहरुलाई डाका चोरी मुद्दामा मिति २०७७ माघ २७ गतेबाट लागु हुने २०७७।१०।२८ गते सम्मानित चितवन जिल्ला अदालतबाट हिरासतमा राख्न दिन ०७ म्याद ( अनुमती) लिई अनुसन्धान कार्य जारी रहेको ।@जिल्ला प्रहरी कार्यालय चितवन
माघ
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस