
माघ, काठमाडौं । तोकिएको मितिमा महाधिवेशन अनिश्चित भएपछि भएपछि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल जिल्ला दौडाहामा निस्कने भएका छन् ।
फागुन ७ गते उद्घाटन हुनुपर्ने महाधिवेशन अनिश्चित भएपछि सोही दिनदेखि नै पौडेलले प्रदेश १ र २ को यात्रा तय गरेका हुन् ।
पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीका अनुसार फागुन ७ देखि १२ गतेसम्म १ र २ नम्बर प्रदेशका विभिन्न जिल्लामा आयोजना हुने सभालाई पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ ।
फागुन ७ गते सुनसरीको धरान र ८ गते सुनसरीकै इनरुवामा पनि सभामा सम्बोधनको समय तालिका बनाइएको छ । सम्बोधन गर्नेछन् । पार्टीभित्र सशक्त आन्दोलनको एजेण्डा उठाइरहेका पौडेल आफैं मुख्यतः मधेशका जिल्लाहरू लक्षित गरेर दौडाहामा निस्कन लागेका हुन् ।
पौडेल फागुन १० गते सप्तरीको राजविराज, ११ गते सिरहा र १२ गते धनुषामा आयोजना हुने विरोधसभामा सहभागी हुने छन् ।
जिल्ला दौडाहाका क्रममा ठूला सभामा सहभागी हुने बाहेक उनले अगुवा कार्यकर्ता भेला र प्रजातन्त्र सेनानीहरुसंग भेटघाट गर्ने बताइएको छ ।@nepalpress
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस