• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ श्रावण १, बुधबार | Wed, 16, Jul, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

ओलीको आमसभा : ३ लाखकाे लक्ष्य, कहाँ बाट कति भयत उपस्थित ?

२०७७ माघ २३, शुक्रबार मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
ओलीको आमसभा : ३ लाखकाे लक्ष्य, कहाँ बाट कति भयत उपस्थित ?


Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

माघ, काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टीको सत्तापक्ष केपी ओली समूहको शक्ति प्रदर्शन तथा आमसभा अहिले दरबारमार्ग नारायणहिटी अगाडि भइरहेको छ। सभालाई प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओली, नेताहरु ईश्वर पोखरेल, रामबहादुर थापा, सत्यनारायण मण्डल, कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्दैछन्। सभाका लागि विभिन्न जिल्लाका नेता तथा कार्याकर्ता काठमाडौंमा भेला भएका छन्।

शुक्रबार दिउँसो नारायणहिटी दरबारमार्ग सुरु भएको आमसभाअघि नेकपाले उपत्यकाका गौशाला, ज्ञानेश्वर, सोह्रखुट्टे, लैनचौर, प्रदशनीमार्ग, नयाँसडक बागबजार, त्रिपुरेश्वर, पुतलीसडक, भद्रकाली, रत्नपार्क, नयाँ बानेश्वर र माइतीघर लगायतका १६ स्थानबाट जुलुस निकालेको थियो। जुलुस सभास्थल नारायणहिटी दरबार अगाडि गएर सभामा परिणत भएको हो। अहिले भर्खरै रामबहादुर थापा बादलले सभालाई सम्वोधन गरेका छन् भने कार्यक्रम अहिले सञ्चालन भइरहेको छ।

यसअघि माघ ९ मा नेकपाकै प्रचण्ड नेपाल समूहको विशाल सभा भएको थियो। उक्त जनसभालाई खिसीट्युरी गर्दै नेपाल सरकारका कामचलाउ सरकारका प्रधानमन्त्री रहेका केपी ओलीले पेशागत विशेष जिल्ला ब्यूरोको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वास्तविक जनपदर्शन कस्तो हुन्छ आफूहरुले माघ २३ गते देखाउने बताएका थिए। सोहीअनुसार आज सरकारले प्रतिपक्षलाई देखाउन ३ लाख मान्छे काठमाडौंमा उतार्ने बताएको थियो। साढे १२ बजेको हाराहारीमा वास्तविक आमसभा कस्तो हुन्छ २३ गते हेर्नु भन्ने प्रधानमन्त्रीको चुनौतीलाई साकार रुप दिन बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल उपत्यका छिरिसकेका थिए। पर्यटनमन्त्री भानुभक्त ढकाल र कानुनमन्त्री लीला श्रेष्ठ पनि कार्यक्रमस्थलमा देखा परिसकेका थिए।

३ लाख मान्छे उतार्ने भनिए पनि ५० देखि ६० हजार जना उपस्थित गराउनैपर्ने तयारी थियो। तर, प्रधानमन्त्रीको पछिल्लो असंवैधानिक कदम र बिग्रँदो राजनीतिक घटनाक्रमले जनता यस्ता कार्यक्रममा सामेल हुन दिक्क मान्दै गरेको प्रतित भएको देखिन्छ। सरकारी स्तरको शक्ति प्रर्दशनमा आदिवासी जनजाति महासंघको व्यानरबाहेक कार्यक्रमस्थलमा संस्थागत उपस्थिति खासै देखिएको छैन।

केशरमहलदेखि जयनेपाल हलसम्म र दक्षिणतर्फ तीनधारा पाठशालासम्मको सडक खाली बनाइए पनि साढे १२ बजेसम्म उल्लेख्य संख्यामा मानिस जम्मा भएको देखिँदैन थियो। त्यस्तै साँगा भञ्ज्याङ्गबाट केही सवारी साधनमा सहभागी भित्रिएका देखिए पनि भने नुवाकोट र नागढुंगा नाकाबाट उल्लेख्य संख्यामा आएको देखिँदैन।

फर्पिङ्गबाट आज बिहान २ वटा टाटा सुमोमा सहभागी ल्याइएको थियो। सिस्नेरी नजिकै बाटो मर्मत भएकाले उक्त मार्गबाट सवारी साधन थोरै चलेको बताइन्छ। उपत्यकाबाहिरबाट आज बिहानसम्म कार्यक्रमको सहभागी बोकेको सवारी साधन खासै नछिरेको सुरक्षा स्रोतको भनाइ छ। नागढुंगाबाट भित्रिएको सवारी साधनलाई हेर्दा पनि त्यो पुष्टि हुन्छ।

आज बिहान नागढुंगा नाका हुँदै भित्रिएका ओलीपक्षीय नेता तथा कार्यकर्ता र सहभागीहरुको संख्या मोटामोटी प्रदेश १ बाट ९ वटा साधनमा ३ सय जना, प्रदेश २ बाट १ सय ६ वटा साधनमा ३ हजार ९ सय जना, बाग्मती प्रदेशका विभिन्न जिल्लाबाट ६ वटा सवारी साधनमा डेढ सय जना रहेका छन्।

त्यसैगरी गण्डकी प्रदेशबाट २५ वटामा सातसय जना, लुम्बिनीबाट ४ वटामा १ सय ४८ जना, कर्णालीबाट ३ वटामा १ सय दुई जना र सुदूर पश्चिम प्रदेशबाट कुनै पनि सवारी साधन र सहभागी आएको देखिँदैन। उपत्यका बाहिरबाट नागढुंगा भएर डेढ सयवटा मझौला सवारी साधनमा पाँच हजार तीन सय ९७ जना उपत्यका छिरेको ट्राफिक प्रहरीको रेकर्डबाट देखिन्छ । साना, निजी र टाटासुमो गरी ३८ वटामा दुई सय ६० जना भित्रिएको सुरक्षा स्रोतले बताएको छ।

बूढानीलकण्ठबाट दुई सय करिबको जुलुश आएको छ भने पाटनबाट हरिकृष्ण ब्यन्जबकारले पाँच सय जनाको जुलुशलाई नेतृत्व गरेका छन्। गणेश बस्नेत नेतृत्वको पार्टीनिकट पत्रकार टोली पनि प्रदर्शनीमार्गबाट दरवारमार्गतिर मोडिएको छ।@लोकपाटी

बाट थप

  • लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृतलुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत
  • नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबानेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा
  • गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामागौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा
  • भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्युभरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

    लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

    नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

    नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

    गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

    गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

    भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

    भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

    यसरी समातियो बाँके र सुर्खेतमा अफिम र नक्कली नोटको कारोबारमा संलग्न गिरोह

    यसरी समातियो बाँके र सुर्खेतमा अफिम र नक्कली नोटको कारोबारमा संलग्न गिरोह

    १० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का

    १० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का

    सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

    सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

    मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछः प्रधानमन्त्री

    मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछः प्रधानमन्त्री

    हाल देशभरका कुन कुन सडकखण्ड छन् अवरुद्ध ?

    हाल देशभरका कुन कुन सडकखण्ड छन् अवरुद्ध ?

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    एमालेको सचिवालय बैठक शुरु

    एमालेको सचिवालय बैठक शुरु

    मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

    मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    आलिया भट्टलाई ठग्ने बेदिका प्रकाश पक्राउ, जान्नुहोस पुरै मामिला

    आलिया भट्टलाई ठग्ने बेदिका प्रकाश पक्राउ, जान्नुहोस पुरै मामिला

    दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

    नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

    सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

    सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

    गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

    गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

    रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

    रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

    लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

    लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

    राकेश मारियाको बायोपिकपछि रोहित शेट्टीले ‘गोलमाल ५’ सुरु गर्ने

    राकेश मारियाको बायोपिकपछि रोहित शेट्टीले ‘गोलमाल ५’ सुरु गर्ने

    समाचार
    लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

    लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

    नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

    नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

    गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

    गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

    भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

    भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

    यसरी समातियो बाँके र सुर्खेतमा अफिम र नक्कली नोटको कारोबारमा संलग्न गिरोह

    यसरी समातियो बाँके र सुर्खेतमा अफिम र नक्कली नोटको कारोबारमा संलग्न गिरोह

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑