• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

नेपालकै पहिलो तौलपुल स्टेसन चितवनमा स्थापना

February 2, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
नेपालकै पहिलो तौलपुल स्टेसन चितवनमा स्थापना


Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

माघ , चितवन ।  सवारीसाधनहरुको भार मापन गर्न भरतपुर–१ स्थित आँपटारीमा तौलपुल स्टेसन स्थापना गरिएको छ । सरकारी लगानीमा स्थापना भएको नेपालकै पहिलो तौलपुल स्टेसनको आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले उद्घाटन गरेका छन् ।

८० टन क्षमताको १८ मिटर लामो तौलपुल स्टेसनमा भार क्षमता मापन गर्न इलेक्ट्रो–मेकानिकल कन्ट्रोल रूमको व्यवस्था गरिएको छ । कुल एक करोड २१ लाख ७३ हजार ६६५ रूपैयाँ लागतमा स्थापना गरिएको तौलपुल स्टेसनको सञ्चालन ट्राफिक प्रहरीले गर्नेछ । भार मापन र प्राविधिक जनशक्तिको व्यवस्थापन यातायात व्यवस्था विभागले गर्नेछ ।

तौलपुल स्टेसनको उद्घाटनपछि बोल्दै यातायातमन्त्री नेम्वाङले नवनिर्मित सडकहरुलाई लामो समयसम्म टिकाउन तौलपुलको भूमिका रहने बताए । आवश्यकताभन्दा बढी लोड लिएर सडकमा गुड्ने सवारीसाधनका कारण सडकहरु छिट्टै जीर्ण हुने गरेको उनको भनाइ छ । ‘यसले ढुवानीको क्षेत्रलाई व्यवस्थित गर्नेछ’, उनले भने, ‘अन्य राजमार्गहरुमा पनि तौलपुल राख्ने कामको थालनी भएको छ ।’

मालवाहक सवारीसाधनले प्रतिएक्सल १०.२ टनभन्दा बढी वजन लिई चलाउन नपाउने कानुनी व्यवस्था छ । दुई एक्सल (चार पाङ्ग्रा भएको सवारीसाधन)को अगाडिको दुई पाङ्ग्राको एक्सल भार बढीमा ६ टन हुनुपर्ने व्यवस्था छ ।

नेपालमा मालवाहक सवारीको अत्यधिक भारका कारणले सडक पेभमेन्ट अपेक्षित अवधिभन्दा अगाडि नै जीर्ण हुने गरेको छ । यातायात व्यवस्था विभागको अध्ययनअनुसार अन्य कारणले भन्दा सवारीको बढी भारका कारण सडक छिटो जीर्ण हुने गरेको छ ।

विभागले सन् २०१६ मा धार्के, हेटौँडा र गैँडाकोटमा गरेको सर्वेअनुसार ७५ प्रतिशतभन्दा बढी ट्रकहरुले तोकिएकोभन्दा बढी वजन बोकेको पाइएको छ । ‘धेरैजसो मालवाहक सवारीहरु तोकिएको भार क्षमताभन्दा बढी वजन बोकेर चलाउने गरिएको पाइन्छ’, विभागका महानिर्देशक इन्जिनियर गोगनबहादुर हमालले बताए ।

उनका अनुसार ट्रकले तोकेकोभन्दा एक टन लोड बढी बोकेमा त्यसले सडकमा प्रतिकिलोमिटरमा ९७ रूपैयाँ क्षति गर्छ । बढी भार बोक्ने सवारीसाधनलाई बढी परिमाणको लोड निकालेर सम्बन्धित सवारी चालकलाई जरिवानासमेत गरिने उनले बताए । सवारीको भार क्षमतालाई नियन्त्रण गर्न सरकारले मालवाहक सवारीसाधनको भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ जारी गरेको छ ।

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑