माघ , काठमाण्डौ । नेपाल तरुण दलले कांग्रेस केन्द्रिय समितिको निर्णय बमोजिम नेपाल कम्युनिष्ट पार्टीका केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम बिरुद्ध ७७ वटै जिल्लाहरुमा बिरोधको कार्यक्रम गर्ने भएको छ।
देशमा व्याप्त भ्रष्टाचार, कोभिड- १९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्धमा नेपाली काँग्रेस पार्टीको केन्द्रिय समितिको निर्देशन अनुसार २०७७ साल माघ १९ गते सोमबार सबै भातृ संस्थाहरुले ७७ वटै जिल्लामा संयुक्त रुपले विरोध प्रदर्शन र विरोध सभा आयोजना गर्ने निर्णय भएको र सोहि बमोजिम जिल्ला समितिहरुलाई परिपत्र गरिएको तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेत जानकारी दिनुभयो ।
तरुण दलले दिएको परिपत्र बमोजिम नेपाल तरुण दलको सम्बन्धित जिल्ला समितिले नेपाली काँग्रेस जिल्ला कार्य समिति संग समन्वय गरी जिल्ला पार्टी कार्यालयमै सबै जिल्लास्तरीय भातृ संस्थाहरुको तुरुन्त बैठक राखी माघ १९ गते गरिने विरोध कार्यक्रम तय गरी संयुक्त रुपमा विरोध कार्यक्रम गर्न गराउन पनि जानकारी गरिएको अध्यक्षबस्नेतले जानाकारी दिनुभयो।
त्यस्तै आउँदो माघ १६ गते शहिद दिवस भएकोले शहिदहरुप्रति सम्मान गर्दै कोभिड-१९ सम्बन्धि जनचेतना अभिवृद्धि हुने खालका विभिन्न रचनात्मक एवं सिर्जनात्मक कार्यक्रमहरु गरेर शहिद दिवश मनाउन पनि तरुण दलले आफ्ना जिल्ला समितिहरुलाई परिपत्र गरेको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस