माघ , तेहरादुन । बेलायतमा भेटिएको नयाँ प्रकारको कोरोना भाइरसविरुद्ध इरानमा निर्मित खोप प्रभावकारी हुने देखिएको छ । इरानका स्वास्थ्य अधिकारीहरूका अनुसार नयाँ प्रकारको भाइरसविरुद्ध इरानमा निर्मित खोप ‘कोभिरान’ ले प्रभावकारी कार्य गरेको हो ।
स्थानीय खोप उत्पादन हेरिरहनुभएका हसन जलीलीले दुई डोज कोभिरान लिएका स्वयंसेवकमा विश्वासिलो नतिजा आएको बताउनुभएको छ । शनिबार रगत परीक्षण गर्दा यस्तो नतिजा आएको हो ।
‘खोप लगाएकाको रगतको प्लाज्मा परीक्षणमा नयाँ प्रकारको भाइरसलाई पूर्ण रुपमा निष्क्रिय पार्ने क्षमता विकास भएको छ’, उहाँले भन्नुभयो ।
साताको सुरुमै इरानमा नेदरल्यान्डबाट आउनु भएका व्यक्तिमा नयाँ प्रकारको भाइरस पुष्टि भएको थियो । हालसम्म इरानमा सात जनामा यस्तो भाइरस पुष्टि भइसकेको स्वास्थ्यमन्त्री सइद नामकीले बताउनुभयो ।@(एजेन्सी)
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस