• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Wed, 12, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

कक्षा १२ मा पूर्णाङ्‍कभन्दा बढी नम्बर !

January 28, 2021 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
कक्षा १२ मा पूर्णाङ्‍कभन्दा बढी नम्बर !


Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

माघ,  काठमाडौँ । शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको छ । कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरूबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत मंसिर १६ गते कक्षा १२ को संक्षिप्त परीक्षा सकिएको थियो ।

‘परीक्षा सकिएको महिना दिनमा नतिजा प्रकाशन गर्न सक्छौं जस्तो लागेको थियो,’ बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले भने, ‘विद्यार्थीको प्राप्तांक रुजु गरेर सिस्टममा इन्ट्री गर्न धेरै समय लाग्यो, अब यो साताभित्रै नतिजा प्रकाशित गर्छौं ।’ वैशाख/जेठमा नै लिइने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण मंसिरमा मात्रै सञ्चालन गरिएको थियो ।

स्नातक तहको शैक्षिक सत्र प्रभावित हुन नदिन संक्षिप्त परीक्षा लिएर १ महिनाभित्रै नतिजा सार्वजनिक गर्ने लक्ष्य थियो । बोर्डले कुल पूर्णाङ्कमध्ये ४० प्रतिशतको संक्षिप्त परीक्षा सञ्चालन गरेको थियो ।

विद्यार्थीको प्राप्तांक पठाउने क्रममा विद्यालयहरूले जथाभावी गरेको बोर्डका कर्मचारी बताउँछन् । पूर्णाङ्कभन्दा बढी नम्बर दिने र पूर्णाङ्क बराबर नै अंक दिएको पाइएको रुजुमा संलग्न एक कर्मचारीले बताए । ‘शतप्रतिशत पूर्णाङ्कलाई ४० प्रतिशत कायम गरिएको थियो, शिक्षकहरूले कुरा नबुझेर हो कि ३० पूर्णाङ्कको परीक्षामा ६० नम्बर दिएको पनि भेटियो,’ उनले भने, ‘कतिपयले ३० मा ३० नै दिएका छन् ।’ अंग्रेजी, नेपालीलगायत भाषा विषयमा पनि पूर्णाङ्क बराबर नम्बर दिएर पठाएपछि बोर्डले उत्तरपुस्तिका परीक्षण गर्ने शिक्षकलाई बोलाएर त्रुटि सच्याउन लगाएको थियो ।

परीक्षाका अनुभव नभएका विद्यालयमा परीक्षा सञ्चालन गर्दा प्राप्तांक भद्रगोल गरी पठाएको हुन सक्ने बोर्डका कर्मचारीले बताए । विद्यार्थीको सिम्बोल नम्बरअनुसार नम्बर नपठाउँदा डाटा रुजु र इन्ट्रीमा ढिलाइ भएको बोर्डका सदस्य सचिव अर्यालको भनाइ छ ।

‘उत्तरपुस्तिकामा दिएको अंकभन्दा मार्क्स फाइलमा चढाएको अंक पनि उल्टोपाल्टो भेटियो । अंक मिलाएर पठाउँदा एक दिनमा एउटा प्राविधिकले ५० हजार डाटा इन्ट्री गर्न सक्थ्यो,’ उनले भने, ‘त्रुटि धेरै भेटिएपछि एक दिनमा १० हजारभन्दा बढी डाटा इन्ट्री हुन सकेन ।’ प्रत्येक परीक्षार्थीको विषयपिच्छे अंक इन्ट्री गराउनुपर्ने हुन्छ ।

चाँडो नतिजा प्रकाशित गर्न विद्यालयमै विषय शिक्षकले उत्तरपुस्तिका परीक्षण गरेका थिए । विद्यार्थीको प्राप्तांक बोर्डको प्रदेश कार्यालयहरूबाटै नजिता प्रकाशनको सिस्टममा इन्ट्री गराउने व्यवस्था मिलाइएको थियो । यसअघि उत्तरपुस्तिका प्रदेश कार्यालयमा परीक्षण गरेर बोर्डको केन्द्रीय कार्यालयमा मात्रै इन्ट्री गरिन्थ्यो । कार्यविधिले ४० प्रतिशत पूर्णाङ्कको संक्षिप्त परीक्षा, ४० प्रतिशत पूर्णाङ्कको कक्षा ११ को प्राप्तांक र २० प्रतिशत पूर्णाङ्कको विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा कक्षा १२ को मूल्यांकन गर्ने निर्णय गरेको थियो ।

प्रदेश कार्यालयले विद्यार्थीको प्राप्तांक इन्ट्री गराएपछि केन्द्रीय सर्भरमा नम्बर इन्ट्री गरिएको बोर्डले जनाएको छ । यस पटक देशभरका ४ हजार १ सय परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । यसअघि १ हजार १ सय परीक्षा परीक्षा केन्द्रमा मात्रै परीक्षा हुन्थ्यो ।

कोरोना महामारीबीच ४ लाख ३२ हजार ५ सय परीक्षार्थी सहभागी थिए । नतिजापछि विद्यार्थीलाई बोर्डले नै ग्रेडसिटलगायतको प्रमाणपत्र दिनेछ । कक्षा १२ को नतिजामा ढिलाइ भए पनि विश्वविद्यालयहरूले स्नातक तहमा भर्ना खोलिसकेका छन् । २०७५ सालदेखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्धतिका आधारमा हुँदै आएको छ । एसईईमा पनि विद्यालयहरूले विद्यार्थीलाई मनोमानी अंक दिएको पाइएको थियो । अधिकांश विद्यालयले आफ्ना विद्यार्थीलाई उच्च जीपीए प्राप्त हुने गरी नम्बर दिएका थिए ।@कान्तिपुर

बाट थप

  • कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थितिकुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति
  • इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइतेइच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते
  • यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कमयस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम
  • आज मिति २०८२ साल कार्तिक २६ गते बुधबारआज मिति २०८२ साल कार्तिक २६ गते बुधबार
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    भरतपुरको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत, त्रिविको विकल्प बन्ने सम्भावना

    भरतपुरको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत, त्रिविको विकल्प बन्ने सम्भावना

    समाचार
    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑