
माघ , काठमाडौं । कोरानो महामारी फैलनुभन्दा केही साताअघि नेपाल आएका चितवनका मनिष श्रेष्ठले आफू अस्ट्रेलिया फर्कन पाउने मितिबारे क्यानबेरीस्थित नेपाली दूतावासलाई इमेल गरेर सोधे । उनले आफ्नो अध्ययन रोकिएकोले अष्ट्रेलिया फर्किएर आफू १४ दिन क्वारेन्टाइन बस्न तयार रहेको इमेलमा जनाएका छन् ।
त्यस्तै मेलवर्नस्थित एक कलेजमा अध्ययन भिसामा आएकी काठमाडौंकी रश्मी महर्जनले अष्ट्रेलिया आउन समय सोध्न दूतावासमा दुई पटकसम्म फोन गरिन् । तर, दूतावासले दुवैलाई अष्ट्रेलिया आउन पाउने मितिबारे यकिन मिति र यथार्थ जानकारी दिन भने सकेन । अस्ट्रेलियास्थित नेपाली राजदूत महेशराज दाहालका अनुसार विद्यार्थीले दूतावासको टेलिफोन तथा इमेलमार्फत विभिन्न जानकारी माग्ने गरेका छन् । तीमध्ये कोरोना महामारीअघि नेपाल गएर फर्किन नपाएका तथा अस्ट्रेलियाको भिसा नेपालबाटै अनलाइनमार्फत अध्ययन गरिरहेका विद्यार्थी मुख्य छन् ।
‘हालको अवस्थामा हामीले विद्यार्थीको प्रश्न तथा गुनासोको सही जवाफ दिन सकिरहेका छैनौं’, राजदूत दाहालले भने । यद्यपि आफूले नेपालमा रहेका विद्यार्थीलाई कसरी अस्ट्रेलियामा अध्ययनका लागि प्रवेश दिन सकिन्छ भनेर कुटनीतिक निकायमा औपचारिक, अनौपचारिक पहल गरिरहेको उनको दावी छ । यता अस्ट्रेलियाका शिक्षामन्त्री एलन टजले सन् २०२१ भित्रमा सबै अन्तराष्ट्रिय विद्यार्थी फर्किसक्न निकै गाह्रो हुने बताएाा छन् ।
त्यस्तै भिक्टोरिया राज्यका प्रिमियरले आफ्ना हजारौं नागरिक विदेशबाट फर्किन नपाएको भन्दै अन्तराष्ट्रिय विद्यार्थीको प्रवेश मुस्किल हुने जनाएका छन् । अस्ट्रेलियास्थित कानुन व्यवसायी सञ्जीव पाण्डेले पनि जुलाई सत्रका लागि विद्यार्थी आउन पाउने सम्भावना न्यून रहेको बताउँछन् । @कान्तिपुर
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस