भदौ, भरतपुर। जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा केही खुकुलो बनाउँदै असोज ७ गतेसम्म पुन निषेधाज्ञा थप गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकले निषेधाज्ञा चौथो पटक थप गरेको हो । असोज १ गतेदेखि असोज ७ गते राती १२ बजेसम्म जिल्लाभर लागु हुने गरी निषेधाज्ञा गरिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईद्वारा जारी आदेशमा सार्वजनिक यातायात मा भने जोरविजोर प्रणाली लागु नहुने भने अन्य सवारी साधनलाई जोरविजोर प्रणालीमा चल्न पाउने व्यवस्था मिलाइएको छ ।
सवारी पास नभएका यात्रुबाहक सवारी साधनलाई जिल्लाबाहिर जान र आउन रोक लगाइएको छ । जिल्ला भित्र चल्ने अटोरिक्सामा २ जना, म्याजिक भ्यानमा ५ जना मात्र चढ्न पाउनेछन भने र अन्य सवारीसाधनमा कुल सिट क्षमताको आधामात्र यात्रु बोक्न पाउने व्यवस्था गरिएको छ । सवारी चलाउँदा अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका विधि अपनाउनुपर्ने उल्लेख छ । तरकारी, फलफुल र खाद्यान्न पसलहरु विहान ६ बजेदेखि साँझ ५ बजेसम्म र अन्य पसलहरु भने विहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ । मेला, महोत्सव, जात्रा सञ्चालन, मानिसको भेला, जमघट, भीडभाड गर्न, सभा, जुलुसमा रोक लगाइएको छ । सिनेमा हल, स्वीमिङ पुल, जिमखाना,पुस्तकालय, संग्राहलय, व्युटि पार्लर, सैलुन, हाटबजार चलाउन नपाउने उल्लेख छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस