
भदौ, चितवन । चितवनमा आज मात्र ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परिक्षण प्रयोगशाला र चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा ६५ जनामा कोरोना पुष्टि भएको हो । सोमबार संक्रमित पुष्टि भएका मध्ये चितवनका मात्र ४६ जना रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार, सोमवार साँझसम्म जिल्लामा संक्रमित हुनेको संख्या १ हजार ५५ पुगेको छ । संक्रमित हुनेमध्ये ६ सय १२ पुरुष र ४ सय ४३ जना महिला रहेका छन् ।
त्यस्तैगरी अहिलेसम्म सवैभन्दा बढि भरतपुर महानगरपालिकाका ६ सय ९५ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय चितवनकी जनस्वास्थ्य अधिकृत गीतान्जली ढकालले जानकारी दिनुभयो । त्यसपछि रत्ननगर नगरपालिकामा १ सय २५, राप्ती नगरपालिकामा ९७, खैरहनी नगरपालिकामा ५४, माडी नगरपालिकामा ५२, कालिका नगरपालिकामा २८ र इच्छाकामना गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अहिले चितवनमा ७ सय ९० जना सक्रिय संक्रमित रहेका छन् भने, २ सय ५३ जनालाई कोरोना निको भैसकेको जनस्वास्थ्य अधिकृत ढकालले जानकारी दिनुभयो । यस्तै जिल्लामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हाल २ सय ८१ जना होम आइसोलेसनमा छन् भने, ५ सय ९ जनाको जिल्लाका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस