भदौ, चितवन। चितवन जिल्ला को उत्कृष्ट मानिएको लिटलफ्लावर स्कुल नारायणगढले आफ्ना विद्यार्थीका साथै अन्य स्कुलका विद्यार्थीलाई समेत निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ । देशभर कोरोना महामारीका कारण गरिएको लकडाउनले पढ्न नपाएका कक्षा १० सम्मका त्यस्ता विद्यार्थीलाई स्कुलले यो सुविधा दिने भएको हो । जसका लागि स्कुलले अनलाइन फर्मबाट दर्ता प्रक्रिया शुरु गरेको छ । लिटलफ्लावर स्कुलका प्रिन्सिपल फादर रोवीले लकडाउनका कारण पढाईबाट वञ्चित भएका विद्यार्थीलाई लक्षित गरी निशुल्क अनलाईन कक्षा शुरु गर्न लागिएको बताउनु भयो । ‘काठमाडौ लगायत अन्य जिल्लाका कतिपय विद्यार्थीले पढ्न नपाएको सुनेको छु तेसैले कोहि पनि कोरोना महामारीका कारण पढ्न बाट बन्चित हुना नपरोस , उहाँले भन्नुभयो , त्यस्ता विद्यार्थीलाई लक्षित गरी अनलाइन कक्षा शुरु गर्न लागेका हौं ।’चितवनमा समेत अधिकाश विद्यालयले प्राविधिक तथा अन्य कारण अनलाइन कक्षा निरन्तर दिन सकेका छैन । यसलाई मध्यनजर गरी स्कुलले निशुल्क अनलाइन कक्षा दिने निर्णय गरेको हो ।विद्यार्थीले आफ्नो पढ्न पाउने अधिकारलाई रक्षा गर्दै संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरिएको लिटलफ्लावर स्कुल नारायणगढका फादर रोवीको भनाई छ । उहांँका अनुसार स्कुलले प्रत्येक कक्षामा हाल २० जना सम्म दर्ता भएर अनलाइन कक्षा लिन इच्छुक त्यस्ता विद्यार्थीलाई लिटलफ्लावर स्कुल नारायणगढ स्कुलका विद्यार्थीसँगै पढाउने र सो भन्दा बढी संख्या भएमा अलग्गै अनलाइन कक्षाको व्यवस्था गर्ने जानकारी दिनुभयो।‘गरीब तथा जेहेन्दार र जसले पैसाको अभावमा अन्य विद्यालयको पढाइबाट बञ्चित हुनु परेको छ ,
तेस्ता बिद्यार्थी हरुको लागि लक्षित गरिएको हो लिटलफ्लावर स्कुल नारायणगढका फादर रोवीले भन्नु भयो ।दर्ता प्रक्रियाको लागि स्कुलको पेजमा गएर आफ्नो नाम दर्ता गर्न उहांँले विद्यार्थीलाई आग्रह गर्नुभएको छ । दर्ता प्रक्रियापछि स्कुलले ती विद्यार्थीलाई अलग्गै अलनाइन कक्षाको युजर, पासवर्ड दिनेछ ।स्कुलले लकडाउन शुरु भएको केही समय वित्न नपाउंँदै आफ्ना विद्यार्थीहरुलाई गुणस्तरीय अनलाइन कक्षा दिदै आएको छ र कक्षा १० सम्मका विद्यार्थीको पहिलो त्रैमासिक परीक्षाको नतिजा समेत प्रकाशन गरिसकेको छ। हाल स्कुलले १० जोड दुईको कक्षामा भर्ना शुरुगरी यही भदौ २५ गतेबाट अनलाइन कक्षा शुरु गरिने जानकारी दिएको छ साथै हालसम्म भर्ना नभएका विद्यार्थीलाई यथाशक्य चांँडै भर्ना गर्न समेत आग्रह गरेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस