भदौं, चितवन। चितवनमा निषेधाज्ञा उलंघन गर्नेलाई धमाधम कारबाही गरिएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि संक्रमण फैलिनबाट रोक्नको लागि जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा लागु गरेको थियो । साउन ३१ गतेबाट भरतपुर महानगरपालिका क्षेत्र भित्र बाट सुरु भएको निषेधाज्ञा भदौ ५ गते देखी जिल्लाभर लागु गरिएको थियो ।
निषेधाज्ञाको पूर्ण कार्यान्वयनको लागि प्रहरीले विभिन्न स्थानमा चेकजाँच गर्दै आएको छ । साउन ३१ गते देखि भदौ १८ गतेसम्म निषेधाज्ञा सुरुभएयता ६ हजार १ सय ४२ जनालाई कारबाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन ले जानकारी दियको छ । कारबाहीमा पर्नेमा ५ हजार २ सय ८९ जना पुरुष रहेका छन् भने र ८ सय ५३ जना महिला रहेका छन् । सो अबधिमा उनीहरुबाट १४ लाख ५ हजार ७ सय रुपैंया जरिवाना संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन ले जनायको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस