भदौ चितवन । चितवनमा एकै दिन ७४ जना काेराेना संक्रमित फेला परेका छन् । बिहिबार भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र चितवन मेडिकल कलेज कोभिड ल्याबमा गरिएको परीक्षणमा चितवनका मात्रै ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।
चितवन जिल्ला प्रशासनले जारी गरेकाे निषेधाज्ञा हटाउन निजी क्षेत्रले आग्रह गरेकाे बेला यति धेरै संक्रमित फेला परेका हुन् । कोरोना संक्रमण पुष्टि मध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिका का मात्रै ५६ जना रहेका छन् । यस्तैगरी राप्ती नगरपालिकाका ९, खैरहनी नगरपालिकाका ४, कालिका नगरपालिकाका २, रत्ननगर नगरपालिकाका ३ जना जनामा संक्रमण पुष्टि भएको छ ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको आज सकिदै छ । अब प्रशासनले निषेधाज्ञालाई जारी राख्ने या हटाउने भन्ने मा अन्याेलता बढेकाे छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस