भदौ, चितवन । चितवनमा कोरोना सङ्क्रमण बढ्दै जाँदा यसको प्रत्यक्ष प्रभाव स्वास्थ्य क्षेत्रमा काम गर्नेमा परेको छ । हालसम्म सङ्क्रमित ७९६ मध्ये १९३ जना स्वास्थ्य क्षेत्रमा काम गर्ने छन् ।
सङ्क्रमित स्वास्थ्यकर्मीहरु चिकित्सक, नर्स, पारामेडीक्स, एम्बुलेन्स चालक, सरसफाइकर्ता र अस्पताल प्रशासन हेर्ने छन् । कूल सङ्क्रमितमको २४% प्रतिशतभन्दा बढी स्वास्थ्यकर्मी रहेको पाइएको छ ।
जिल्लामा सबैभन्दा बढी चितवन मेडिकल कलेजका स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । कलेजका अनुसार ७ चिकित्सक, ३३ नर्स, १ पारामेडिक्स र ५ एटेण्डर (सहयोगी) गरी ४६ सङक्रमित भएकामा २ जना निको भएका छन् ।
दोस्रो धेरै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ४३ सङ्क्रमित भएका छन् । अस्पतालका अनुसार चिकित्सक ३, नर्स १९, पारामेडिक्स १, प्रशासनका २ र १८ सहयोगी सङ्क्रमित भएका छन् ।
त्यसैगरी पुरानो मेडिकल कलेजमा ३६ सङ्क्रमित भएका छन् । पुरानो मेडिकल कलेजका अनुसार १० चिकित्सक, २० नर्स, ३ पारामेडिक्स र ३ सहयोगी सङ्क्रमित भएका छन् ।
भरतपुर अस्पतालमा ३० सङ्क्रमित भएका छन् । भरतपुर अस्पतालका अनुसार चिकित्सक ७, नर्स ९, पारामेडीक्स ४, प्रशासनका २ र सहयोगी ८ सङ्क्रमित भएका छन् ।
एनपिआई नारायणी सामुदायिक हस्पिटलका ६ सङ्क्रमित भएका छन् । नारायणी सामुदायिक हस्पिटलका अनुसार चिकित्सक १, नर्स २, प्यारामेडीक्स १, प्रशासनका १, र सहयोगी १, सङ्क्रमित भएका छन् ।
यसैगरी सेन्ट्रल अस्पतालमा ३ नर्स र २ सहयोगी सङ्क्रमित भएका छन् ।
मौलाकालिका अस्पतालमा २ नर्स र २ सहयोगीसङ्क्रमित भएका छन् ।
आशा अस्पतालमा २ नर्स र १ पारामेडिक्ससङ्क्रमित भएका छन् ।
रत्ननगर बकुलहर अस्पतालमा १ चिकित्सक र १ नर्ससङ्क्रमित भएका छन् ।
मनकामना अस्पतालमा १ नर्ससङ्क्रमित भएका छन् ।
पुष्पाञ्जली हस्पिटलमा २ प्यारामेडीक्स र १ सहयोगी सङ्क्रमित भएका छन् ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार निजी मेडिकलका ३, नेपाल रेडक्रस सोसाइटीका १ प्राविधिक र १ एम्बुलेन्स चालक सङ्क्रमित भएका छन् । जिल्लाका सात पालिकामध्ये भरतपुर क्षेत्रमा काम गर्ने ४, खैरहनीमा २ र राप्तीमा १ स्वास्थ्यकर्मी सङ्क्रमित सङ्क्रमित भएका छन् ।
अन्य २ एम्बुलेन्स चालक पनि सङ्क्रमित भएका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस