• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०८० आश्विन ६, शनिबार | Sat, 23, Sep, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

कोरोनाले छोएका ‘हाइप्रोफाइल’ डाक्टरदेखि मन्त्रीसम्म, को को परे ?

२०७७ भाद्र १७, बुधबार मा प्रकाशित अनुमानित पढ्ने समय : ४ मिनेट
कोरोनाले छोएका ‘हाइप्रोफाइल’ डाक्टरदेखि मन्त्रीसम्म, को को परे ?

Author
हेल्लो चितवन अन्लाईन्
(३ साल अघि)

भदौ, काठमाडौँ ।  विश्वभर कोरोना भाइरस (कोभिड–१९) महामारी तीव्र गतिमा फैलिरहेको छ। भाइरसले न कुनै देश चिन्छ, न कुनै व्यक्ति। नेपालमा कोरोना संक्रमित सर्वसाधारणदेखि उच्च वर्गसम्मका छन्।

यो समाचार तयार पार्दासम्म ४० हजार ५ सय २९ जनामा संक्रमण पुष्टि भइसकेको छ।

लामो समय सर्वसाधारणमा संक्रमण पुष्टि हुँदै आएकोमा पछिल्ला केही दिनदेखि राजनीतिज्ञ, चिकित्सक, व्यवसायी, सांसद, पूर्वमन्त्री तथा उच्चपदस्थ सरकारी अधिकारीमा समेत कोरोना भाइरस संक्रमण पुष्टि हुन थालेको छ।

तीमध्ये एक दर्जन ‘हाइप्रोफाइल’ को विवरण यस्तो छ :

१. भोला रिजाल (चिकित्सक)

वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ। उनीसँगै उनकी पत्नीलाई पनि कोरोना पुष्टि भएको हो।

रिजालको कोरोना रिपोर्ट गत शनिबार आएको हो। कोरोना पुष्टि भएपछि रिजाल दम्पती आइतबारदेखि ह्याम्स अस्पतालमा उपचाररत छन्। उनले आफूहरूको स्वास्थ्य अवस्था सामान्य नै रहेको बताएका छन्।

२. विद्यासुन्दर शाक्य (मेयर)

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य सोमबार कोरोना संक्रिमत भएका हुन्। ज्वरो आउने समस्या देखिएपछि उनले कोरोना परीक्षण गराएका थिए।

परीक्षणबाट गत सोमबार उनमा कोरोना पुष्टि भएको थियो। स्वास्थ्य अवस्था सामान्य भएको र उनी होम आइसोलेसनमा छन्।

३. विनोद चौधरी (उद्योगपति)

औद्योगिक घराना चौधरी ग्रुप (सिजी) का अध्यक्ष तथा उद्योगपति विनोद चौधरीलाई पनि केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो।

चौधरीले गत शुक्रबार सामाजिक सञ्जाल ट्विटरमार्फत पिसिआर परीक्षण गर्दा आफूलाई कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरेका थिए।

कोरोना संक्रमणको कुनै लक्षण आफूलाई नदेखिएको र चिकित्सकको सल्लाहअनुसार आइसोलेसनमा बसेको जानकारी दिएका छन्।

४. नविन घिमिरे (अख्तियार प्रमुख)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेलाई पनि कोरोना संक्रमण भएको छ।

घिमिरेलाई गत साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

उनमा संक्रमण पुष्टि हुनभन्दा अगाडि अख्तियार केन्द्रीय कार्यालय टंगालमा काम गर्ने तीन दर्जन सुरक्षाकर्र्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

५. विजयकुमार सरावगी (मेयर)

वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा पनि संक्रमण पुष्टि भएको छ।

साउन दोस्रोे साता स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका सरावगीको त्यहीँ स्वाब संकलन गरेर परीक्षण गरिएको थियो। त्यस क्रममा रिपोर्ट पोजेटिभ आएको थियो।

उनको उपचार काठमाडौंको एक निजी अस्पतालमा गरिएको थियो।

मेयर सरावगी भारतबाट आएकाहरूको क्वारेन्टाइन, संक्रमितहरूको आइसोलेसन व्यवस्थापनमा खटिँदै आएका थिए। सरावगी हाल संक्रमण मुक्त भइसकेका छन्।

६. जीवनबहादुर शाही (पूर्वमन्त्री)

पूर्वपर्यटनमन्त्री, नेपाली कांग्रेसका नेता तथा कर्णाली प्रदेशसभा प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीलाई संक्रमण पुष्टि भएको छ। शाहीलाई साउन अन्तिम साता संक्रमण पुष्टि भएको थियो।

संसदीय समितिका विभिन्न बैठकमा जाने–आउने गरेका शाही संसद बैठकमा उपस्थित हुने गरेका थिए।

७. कृष्णा केसी (सांसद)

प्रदेश ५ की सांसद कृष्णा केसीलाई कोरोना संक्रमण भएको छ। केसीले साउन २४ (शनिबार) राति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू कोरोना संक्रमित भएको जानकारी दिएकी थिइन्।

केसी रुघाखोकी लाग्न थालेपछि कोरोना आशंकामा परीक्षणका लागि अस्पताल पुगेकी थिइन्।

उनको उपचार भेरी अस्पतालमा भएको थियो।

सांसद केसी कोरोना महामारीकै बीच आफ्नो निर्वाचन क्षेत्र नरैनापुरमा विभिन्न कार्यक्रममा सहभागी भएकी थिइन्।

८. ज्ञानेन्द्रकुमार यादव (कानुनमन्त्री)

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ।

साउन २१ गते बुधबार राति आएको रिपोर्टमा ४४ वर्षीय यादवमा कोरोना पोजेटिभ देखिएको थियो।

संक्रमण हुनुभन्दा अगाडि उनी काठमाडौंबाट फर्किएका थिए। प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन उनी काठमाडौं आएका थिए। उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललगायत सहभागी थिए।

९. गोविन्द रञ्जित (कांग्रेस नेता)

कोरोना संक्रमणबाट नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–२१ का सभापति गोविन्द रञ्जितको मृत्यु भएको छ।

ओमबहाल स्थायी घर भएका ६७ वर्षे रन्जितको भदौ ९ गते सशस्त्र प्रहरी बलम्बु अस्पतालमा मृत्यु भएको थियो।

रञ्जित गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाध्यक्षको उमेदरवारसमेत थिए।

एक साताभन्दा लामो समयदेखि होम आइसोलेसनमै बसेका थिए। अस्पताल पुर्‍याएपछि उनलाई पाँच दिनदेखि भेन्टिलेटरमा राखिएको थियो। उनी मुटुका समेत बिरामी थिए।

१०. राधिका तामाङ (उपसभामुख)

बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना संक्रिमत भएकी छिन्।

तामाङलाई भदौ १ गते संक्रमण पुष्टि भएको थियो।

उनीसँगै उनका नौ वर्षीय छोरामा पनि कोरोना संक्रमण पुष्टि भएको थियो। उनी निर्वाचन क्षेत्र गएका बेला संक्रमण भएको अनुमान गरिएको छ।

उनी बागमती प्रदेशको उपसभामुख निवासमा आइसोलेनमा छिन्।

११. डा. सूर्यनारायण यादव (सांसद)

सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद डा. सूर्यनारायाण यादवलाई कोरोना संक्रमण भएको थियो। उनमा साउन ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो।

उनी एक चिकित्सक हुन्। झाडापखाला लागेर गम्भीर अवस्थामा आएका एक बालिकाको उपचारका क्रममा संक्रमित भएको आशंका गरिएको छ।

नियमित बिरामी जाँच्न छोडे पनि उनले कहिलेकाहिँ गम्भीर खालका बिरामी उपचार गर्दै आएका थिए। हाल उनी घरमा स्वास्थ्यलाभ गरिरहेका छन्।

१२. जीवन घिमिरे (सामाजिक विकास मन्त्री)

प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्यमा समस्या आएपछि कोरोना परीक्षण गराएका मन्त्री घिमिरेलाई सोमबार साँझ संक्रमण देखिएको हो।

स्वास्थ्यमा समस्या देखिएपछि घिमिरे दुई दिनयता होम आइसोलेसनमा थिए।

मन्त्री घिमिरेलाई दुई दिनयता ज्वरो तथा पखाला लाग्नेजस्ता समस्या देखापरेको थियो।

प्रदेश १ मा कोरोना संक्रमण नियन्त्रणमा मन्त्री घिमिरे सक्रिय भूमिकामा थिए।@Helthpostnepal

बाट थप

  • अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारीअक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी
  • महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोगमहिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग
  • भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणाभारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा
  • सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्तसरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्त
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्त

    सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्त

    सरकार र शिक्षक बीचको सहमतिमा आन्दोलनरत शिक्षकहरूकै असहमति

    सरकार र शिक्षक बीचको सहमतिमा आन्दोलनरत शिक्षकहरूकै असहमति

    हेलो सरकारमा रिचार्ज कसरी गर्नेदेखि, राहदानी फाराम भर्ने, बत्ती धेरै जाने भन्नेसम्मका जिज्ञासा र गुनासा

    हेलो सरकारमा रिचार्ज कसरी गर्नेदेखि, राहदानी फाराम भर्ने, बत्ती धेरै जाने भन्नेसम्मका जिज्ञासा र गुनासा

    प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता गरेर अमेरिकाबाट चीन जाँदै

    प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता गरेर अमेरिकाबाट चीन जाँदै

    यस्तो छ सरकार र शिक्षकबीच भएको ६ बुँदे सहमति (पत्रसहित)

    जापानी भाषा परीक्षा पासको नक्कली कागजात बनाएको शंकामा २५ म्यानपावर कम्पनी छानबिनमा

    जापानी भाषा परीक्षा पासको नक्कली कागजात बनाएको शंकामा २५ म्यानपावर कम्पनी छानबिनमा

    विशेषज्ञद्धारा लाईफलाइन हेयर ट्रान्सप्लाण्टमा कपाल तथा अनुहारको निःशुल्क परीक्षण

    विशेषज्ञद्धारा लाईफलाइन हेयर ट्रान्सप्लाण्टमा कपाल तथा अनुहारको निःशुल्क परीक्षण

    नारायणी पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    नारायणी पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    नारायणी नदीमा बन्ने सिग्नेचर पुलको सर्भे गर्न टोलि आइपुग्यो भरतपुर

    नारायणी नदीमा बन्ने सिग्नेचर पुलको सर्भे गर्न टोलि आइपुग्यो भरतपुर

    क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल

    क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल

    उपमेयर सुनिता डंगोलले मैतिदेवी मन्दिरमा पुगेर गरिन् पूजा

    उपमेयर सुनिता डंगोलले मैतिदेवी मन्दिरमा पुगेर गरिन् पूजा

    महानगरको गाडी रोक्ने काम बन्द नगरे सिंहदरबारमा आगो लगाउने बालेनको धम्कि , के थियो घटना ?

    महानगरको गाडी रोक्ने काम बन्द नगरे सिंहदरबारमा आगो लगाउने बालेनको धम्कि , के थियो घटना ?

    राष्ट्रिय परिचय पत्रमा लापरवाही : गल्ति गर्ने कर्मचारी , जरिवाना तिर्नु पर्ने सेवाग्राहीले

    राष्ट्रिय परिचय पत्रमा लापरवाही : गल्ति गर्ने कर्मचारी , जरिवाना तिर्नु पर्ने सेवाग्राहीले

    समाचार
    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्त

    सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्त

    सरकार र शिक्षक बीचको सहमतिमा आन्दोलनरत शिक्षकहरूकै असहमति

    सरकार र शिक्षक बीचको सहमतिमा आन्दोलनरत शिक्षकहरूकै असहमति

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑