
भदौ, चितवन । चितवनमा पछिल्लो पटक गरियको ५ सय ४ जनाको गरिएको परिक्षण मा ३६ जना नयाँ कोरोनाका संक्रमण पुष्टी भएको छ ।
भरतपुर अस्पतालको कोभिड -१९ प्रयोगशालामा बिहीबार राती ९ सम्म ३ सय ३४ जनाको नमुना परीक्षणमा १७ जनामा संक्रमण पुष्टी भएको थियो ।
जसमध्ये चितवनका १६ जना छन् । भरतपुर ४, १० र १२ मा ३ जना, रत्ननगर ८ मा १ जना, खैरहनीको ३, ५, ८, ९ र १२ मा १२ जनामा कोरोना देखिएको छ । गैडाकोट ८ का १ जनामा कोरोना पुष्टी भएको छ । नारायणी सामुदायीक अस्पताल, भरतपुर अस्पताल, रत्ननगर क्वारेन्टिन, पुरानो मेडिकल कलेजमा पिसिआरका लागि स्वाब लिइएको थियो । यस्तै सिएमसीले आज (शुक्रबार) सार्वजनिक गरेको विवरण अनुसार गैडाकोट ८, विनय त्रिवेणी ६, रौतहटको जिग्दवा २, दाङको लमही ५, सर्लाही हरिपुर २, धनुषाको ठाडी ४, वीरगञ्ज ३ मा एक एक जना संक्रमित भेटिएका छन् ।
त्यस्तैगरि चितवन मेडिकल कलेज (सिएमसी) को कोभिड-१९ प्रयोगशालामा गरियको १ सय ७० नमुना परीक्षणमा १९ जनामा संक्रमण पुष्टी भएको छ । जसमध्ये भरतपुरका ९ जना छन् । वडा नम्बर १० मा ४, ७ मा २ जना, ५, १६, २६ मा एक एक जना छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस