
भदौ, चितवन। चितवनका सातवटै स्थानीय तहमा थप एक साता निषेधाज्ञाको अवधि थपिएको छ ।
आज (शुक्रबार) जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको बैठकले निषेधाज्ञा पुन एक साता थप्ने निर्णय गरेको हो । भदौ १९ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय चितवनद्वारा जारी सूचनामा जनाइएको छ । यो सँगै जिल्लामा निषेधाज्ञा जारी भयको अवधि तेस्रो चरणको हो ।
पहिलो चरणको निषेधाज्ञा साउन ३० गतेदेखि लागु हुने गरी महानगरमा घोषणा गरिएकोमा साउन ३२ गते रातिदेखि भदौ ५ गतेसम्म माडी बाहेकका ६ वटा स्थानीय तहमा लगाइएको थियो ।
प्रशासनले भदौ ६ गतेदेखि १२ गते राती १२ बजेसम्म हुने गरी दोस्रो चरणको निषेधाज्ञा सबै स्थानीय तहमा लगाइएको थियो । कोरोना संक्रमण्को जोखिम अझै बढ्दै गएकाले निषेधाज्ञाको अवधि बढाउनु परेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनुभयो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस