भाद्र, चितवन । चितवनमा एकै दिन बिभिन्न स्थानका ५२ जना कोरोना संक्रमित फेला परेका छन् । बुधबार भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा र चितवन मेडिकल कलेज को ल्याबमा गरिएको परिक्षणमा ५२ जना संक्रमित फेला परेका हुन ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा २६ र चितवन मेडिकल कलेजको कोभिड ल्याब २६ गरि ५२ जना संक्रमित फेला परेका हुन । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २५ र तनहुँ देवघाटका एक जनामा संक्रमण पुष्टि भएको प्रमुख डा.नितु अधिकारीले जानकारी दिनुभयो ।
यसैगरि संक्रमित हुनेमा हुनेहरुमा रत्ननगर नगरपालिकाका १४ जना, भरतपुरका २ जना, माडिका ९ जना र तनहुको देबघाटका १ जना रहेका छन् ।
चितवन मेडिकल कलेजको कोभिड ल्याबमा गरिएको परिक्षणमा भरतपुर महानगरका १६ जनामा संक्रमण पुष्टि भएको छ। रत्ननगरका ४, नवलपुरका ३, तनहुँका १ र सर्लाहीका २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस