
भदौ, काठमाडौँ । नेपालमा कोरोना भाइरसका कारण एक गर्भवती महिलासहित थप आठँ जनाको ज्यान गएको छ । आज ८ जनाको कोरोनाका कारण ज्यान गएको स्वास्थ्य तथन मन्त्रालयको दैनिक प्रेस ब्रिफिंगका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाउनु भएको छ ।
आज मृत्यु हुनेमा गर्भवती सहित पाचँ महिला र तिन पुरुष रहेका छन् ।
आज ललितपुरकी ६५ वर्षे , बाकेँका ७० वर्षे , कास्कीका ३२ वर्षे , रुपन्देहीकी ७० वर्षे र बाराकी २३ वर्षीय महिलाको कोरोना संक्रमणक कारण ज्यान गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले पुष्टि गर्नुभएको छ । यी मध्य एक जना महिला गर्भवती रहेकी थिइन् ।
यसैगरी काठमाडौँका ४८ वर्षीय , कफिवस्तुका ५० र पर्साका ६२ वर्षे पुरुषको पनि कोरोना संक्रमणका कारण ज्यान गएको मन्त्रालयले पुष्टि गरेको छ ।
आज ८ को मृत्यु भएसगैं नेपालमा कोरोना संक्र्रमणका कारण ज्यान गुमाउनेको संख्या एक सय ८३ पुगेको छ ।
नेपालमा कुल कोरोना संक्रमित मध्य ०.५२ प्रतिशतको मृत्यु भएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस