• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ पौष २९, मंगलबार  | Mon, 12, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

चितवनमा कोरोनाले सबैभन्दा बढी गर्भवती महिला प्रभावित, नवजात शिशुको मृत्युदर बढ्दो

August 26, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : २ मिनेट
चितवनमा कोरोनाले सबैभन्दा बढी गर्भवती महिला प्रभावित, नवजात शिशुको मृत्युदर बढ्दो


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

भदौ, चितवन । भरतपुर-११ की यमकुमारी थापा भरतपुर सामुदायिक अस्पतालमा नियमित गर्भ परीक्षण गराउँदै आउनुभएको थियो । चिकित्सकले थापालाई भदौ ६ गते प्रसूति हुने समय दिए । तर, स्वास्थ्यमा समस्या आएपछि साउन ३२ गते उनी नियमित परीक्षण गराउन भरतपुर सामुदायिकमा पुगिन् । चिकित्सकको अभाव देखाएर अस्पतालले भर्ना लिन मानेन । बच्चा जन्मने समयमा हुने पीडासँगै उनी भरतपुर अस्पताल पुगिन् । त्यहाँ टिकट लिइन । तर, लाइनमा बस्ने समयमा प्रसूति विभागका प्रमुख डाक्टर सुनिलमणि पोखरेललाई नै कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि एकाएक सेवा अवरुद्ध हुनपुग्यो ।

‘भरतपुर सामुदायिकले भर्ना लिनै मानेन । भरतपुर अस्पतालमा टिकट काटेर वेटिङ रुममा बसे पनि डाक्टरलाई भेट्न पाइन’, उहाँले सुनाउनुभयो, ‘पछि डाक्टरलाई संक्रमण भएको भन्दै सेवा नै दिन मानेनन् ।’ उनको नर्मल डेलिभरी हुने सम्भव थिएन । पहिलो बच्चा जन्माउन अप्रेशन गर्नुपरेको थियो । अहिले पनि अप्रेशन गर्नुपर्ने बाध्यता अवस्था थियो । अस्पतालले भर्ना लिन मानेन । प्रसूति व्यथा लागिसकेको छ । उहाँ साथिहरुको सहयोगमा चितवन मेडिकल कलेज पुग्नुभयो । त्यहाँ अस्पतालले कोरोना नेगेटिभ भएको कार्ड खोज्यो । धन्न उहाँले यसअघि नै कोरोना परीक्षण गराउनुभएको थियो । नेगेटिभ आएको कार्ड देखाएपछि कलेजले भर्ना लिन मान्यो । साउन ३२ गते नै छोरीलाई जन्म दिनुभयो ।

यो त एउटा प्रतिनिधि घटना भयो । कोरोनाको जोखिम त जति छ । गर्भवती महिलामा त्यसको डर अझ बढी छ । त्यसमा पनि स्वास्थ्यकर्मीमा कोरोना संक्रमण बढ्दै गएपछि अस्पतालहरुमा सेवा नियमित रुपमा सञ्चालन हुन सकेका छैनन्। त्यसको प्रत्यक्ष मार गर्भवती महिलामा परेको छ । ‘भरतपुरका अस्पतालमा कोरोनाको त्रास छ । त्यही भएर श्रीमतीलाई प्रसूतिव्यथा लागेपछि हेल्थपोस्ट लगेको थिएँ । भर्ना लिन नै मानेन,’ खैरहनीका राम महतोले भन्नुभयो, ‘कोरोनाको डर भए पनि निषेधाज्ञाको समयमा एम्बुलेन्स खोजेर भरतपुर अस्पतालमा ल्याउनुप¥यो।’ भरतपुर अस्पतालमा नर्स र चिकित्सकमा कोरोना संक्रमण हुँदा बिरामीमा पनि त्रसित छन् । अहिले भरतपुर अस्पतालमा प्रसूति हुन आउने महिलाको संख्या घट्दै गएको छ ।

लकडाउनसँगै कारोनाको त्रासका कारण प्रसूति हुन आउने गर्भवतीको संख्या घटेको भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डाक्टर युवानिधि बसौला बताउनुहुन्छ ।  ‘भरतपुर अस्पताल मोफसलको सबैभन्दा ठूलो प्रसूति सेवाप्रदायक अस्पताल हो । यहाँ टाढा–टाढाका महिलाहरु पनि प्रसूति गराउन आउँछन्,  डा. बर्सौलाले भन्नुभयो, ‘अहिले लकडाउनका कारण यहाँ आउन सम्भव नभएका कारण प्रसूतिलाई आउने संख्यामा घटेको छ ।’ लकडाउन अवधिमा मात्र चितवनमा ५ हजार ८ सय ८१ जनाले सेवा लिएका छन् । अर्को आर्थिक बर्षको सो अवधिको समयमा ७ हजार १ सय ११ जनाले प्रसूति सेवा लिएका थिए । यसरी तथ्यांक केलाउँदा यस अवधिमा १ हजार २ सय ३० जनाले घटेको देखिन्छ । प्रसूति गराउन अस्पतालसम्म नआउनु कोरोनाकै कारण भएको डा. बसौलाको बुझाइ छ । अस्पतालको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५र०७६ मा भरतपुर अस्पतालबाट १३ हजार ५ सय ४५ जनाले प्रसूति सेवा लिएका थिए। गत आर्थिक वर्षमा ९ सय ३ जना घटेर १२ हजार ८ सय ४२ जनाले प्रसूति सेवा लिएका छन् ।

शल्यक्रिया गरेर बच्चा जन्माउने घटे
भरतपुर अस्पतालमा शल्यक्रियामार्फत बच्चा जन्म दिनेको संख्या पनि घट्दै गएको छ। लकडाउनको अवधिको चार महिनाको तुलना गर्दा १ सय ६६ जना कमी आएको छ । यो लकडाउन अवधिमा १ हजार १ सय ११ जनाले शल्यक्रिया गरेका थिए भने अघिल्लो वर्षको यस अवधिमा १ हजार २ सय ६६ जनाले शल्यक्रियामार्फत बच्चालाई जन्म दिएका थिए । लकडाउन अवधिमा नर्मल प्रसूति हुनेको संख्या २ हजार ९ सय ६४, गम्भीर प्रकृतिको अप्रेसन ५६ वटा भएको छ ।

नवजात शिशुको मृत्युदर बढ्यो
भरतपुर अस्पतालमा शिशुको मृत्यु हुनेक्रम पनि बढिरहेको छ । अस्पतालमा लकडाउन अवधिमा मात्र ७० जना शिशुको मृत्यु भएको अस्पतालको तथ्यांक छ । अघिल्लो वर्षको यो अवधिमा ५८ जना शिशुको मृत्यु भएको थियो । यस्तै, यो अवधिमा अस्पतालमा प्रसूति सेवा लिन आएका एकजना आमाको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
अस्पतालको तथ्यांकअनुसार ५ हजार ८ सय ८१ शिशुको जन्म हुँदा १३ को मृत्यु भएको हो। त्यसमध्ये जन्मेपछि उपचारक्रममा १३ र गर्भमै ५७ शिशुको मृत्यु भएको अस्पतालका तथ्यांक रहेको डा. बसौलाले जानकारी दिनुभयो । कोरोनाको असर शिशु मृत्युदरमा पनि देखिएको छ । कम्तीमा ३, ६ र ९ महिनामा गर्भ परीक्षण गराउनुपर्नेमा दुर्गमका गर्भवती अस्पतालसम्म पुग्नसक्ने वातावरण नभएको उहाँले बताउनुभयो ।
‘जताततै कोरोनाको डर’
स्वास्थ्यकर्मीमा अझै बढी देखिन लागेको छ । महिलाहरु गर्भ परीक्षण गर्न जान डराउने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘त्यसको असर अहिले शिशु मृत्युदरमा देखिएको छ ।’ लकडाउनमा सहज रुपमा यातायातका साधन नपाइदा पनि गर्भवतीलाई समस्या भएको छ । ‘तीनवटा शिशुको बाटोमा ल्याउँदा ल्याउँदै एम्बुलेन्सभित्र जन्म भएको छ । यो अवधिमा सबैभन्दा बढी महिना नपुगी जन्मेका शिशु छन् । कम तौलका शिशु बढी पाइएको छ, डा. बसौलाले भन्नुभयो, ‘स्वास्थ्य संस्थामा गएर नियमित परीक्षण गराउने वातावरण नहुँदा पनि यस्तो अवस्था आउन सक्छ ।’ २०७६ चैतमा ५९३, वैशाखमा ३२१, जेठमा ९९८ र असारमा २३०० महिला गर्भजाँचका लागि अस्पताल पुगेमा अहिले औसतमा ५० प्रतिशतले कमी आएको तथ्यांक छ ।

कोरोनाका कारण अस्पतालमा जनशक्ति कम हुँदा पनि सेवामा केही प्रभाव परेको उनले बताए। ‘बिरामीको चाप उच्च छ । हाम्रो जनशक्ति कम छ । यसअघि हेल्थका विद्यार्थी आएर सहयोग हुन्थ्यो । शिशु मृत्युदर घटाउनका लागि अस्पतालले नवजात शिशु सघन उपचार कक्ष र नवजात शिशु उपचार कक्ष गरी २७ शैयाको उपचार कक्ष बनाएको छ । त्यसका साथै मायाको न्यानो अँगालो सेवा ९कंगारु मदर केयर० पनि गोल्डेन कम्युनिटी संस्थाको सहयोगमा सञ्चालनमा भएको छ। अहिले सघन उपचार कक्षमा राखिएका अधिकांश शिशु कम तौलका रहेको उँहाले बताउनुभयो ।

लकडाउन अवधिमा मात्र ३ सय ५२ जना शिशुले सेवा पाएका छन्। त्यस्तै, कंगारु मदर केयरबाट ५८ जनाले सेवा लिएको जनाइएको छ । विशेषगरी कम तौलको शिशु, अक्सिजन लिन नसक्ने, कुनै संक्रमण भएका शिशु, दिसा निलेका शिशु, निमोनिया, महिना नपुगी जन्मिएका शिशु, नवजात शिशुलाई सघन उपचार कक्षमा राखेर उपचार गर्ने गरिएको छ । यहाँ नवजात शिशु सघन उपचार कक्ष १२ बेडको छ। यस्तै, उपचार गरेर सुधारोन्मुख भएका शिशुलाई नवजात शिशु विशेष उपचार कक्षमा राखिन्छ । अहिलेसम्म ७ सय ५० ग्रामतौल भएको शिशु पनि सफल उपचार भएर गएको अस्पतालले जानकारी दिएको छ । सामान्यतया २ किलोभन्दा कम तौल भएका शिशुलाई एनआइसियूमा राख्ने गरिन्छ । नेपाल सरकार, गोल्डेन कम्युनिटी सेन्टर, युनिसेफ र लायन्स क्लवको सहयोगमा नवजात उपचार कक्षमा शिशुको उपचारका लागि आवश्यक पर्ने उपकरण राखिएको हो ।

सो सम्बन्धी स्वास्थ्यकर्मीलाई समय समय तालिमसमेत प्रदान हुने गरेको छ। जसले गर्दा शिशुको उपचारमा सहज भएको मेटनिटी वार्ड इन्चार्ज हीरादेवी सुवेदीले बताउनुभयो । कोभिड–१९ जस्ता महामारी जोखिम नियन्त्रण गर्दै उपचार दिनका लागि विभिन्न संघसंस्थाले तालिम प्रदान गरेका छन् ।  तर, भरतपुर अस्पतालले कोरोना जोखिमको अवस्था हेरेर प्रसूतिका लागि छुट्टै वैकल्पिक व्यवस्था भने गरेको छैन । एकजना चिकित्सकलाई कोरोना संक्रमण हुँदा काठमाडौं बाहिर सवैभन्दा बढी प्रसूति हुने विभाग नै बन्द गर्नुपथ्यो ।

त्यसका लागि चिकित्सकको पनि वैकल्पिक व्यवस्था गर्नुपर्ने विज्ञहरुले बताउँदै आएका छन्। महामारीको समयमा कसरी उपचार गर्न सकिन्छ भन्ने विषयमा हेल्थ सर्भाइस जस्ता संघसंस्थाले पनि सहयोग गर्दै आएको बताइएको छ । नवजात शिशु बाँच्ने र स्वस्थ जीवनको सम्भावना जन्मेको पहिलो घण्टाभित्र दिइने स्याहारमा भरपर्ने डा. बसौलाले बताउनुभयो । यसमा आमालाई सुत्केरी अवस्थामा दिइने स्याहारको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुने बताउँनुहुन्छ । भरतपुर अस्पतालले मासिक रूपमा निकाल्ने बुलेटिनअनुसार अस्पतालमा सरदर दैनिक ३० शिशु प्रसूति कक्षमा र १० जना अप्रेशन कक्षमा जन्मन्छन् ।@kalikanews

बाट थप

  • कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु
  • आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने
  • त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी
  • देशभर मौसम सफा रहने देशभर मौसम सफा रहने
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    समाचार
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑