
भदौ, काठमाडौँ । आज थप ७४३ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । हिजो अपरान्ह चार बजेदेखि आज अपरान्ह चार बजेसम्म देशैभरिका विभिन्न जिल्लाहरुमा सो मात्रामा कोरोना भाइरस संक्रमित थपिएका हुन् ।
२४६ महिला ४९७ जना पुरुषमा आज कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालभित्र कूल ३२ हजार ६७८ जनामा कोरोना भाइरस संक्रमण भएको छ । मन्त्रालयका अनुसार आज १० हजार २ सय ३४ पीसीआर परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार आज १७५ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १७७, ललितपुरमा ३३, भक्तपुरमा १४, इलाममा १, उदयपुरमा १, ओखलढुङगामा ३, खोटाङमा ४, झापामा ५, धनकुटामा २, मोरङका ३१, संखुवासभामा २, सुनसरीमा २३, धनुषमा ५, पर्सामा ३४, बारामा ९४, रौतहटमा ५, सप्तरीमा १५, सर्लाहीमा ८, सिरहामा १०, काभ्रेमा ५, चितवनमा ३२, दोलखामा १, धादिङमा २, मकवानपुरमा १८, रामेछापमा २, सिन्धुपाल्चोकमा ५, कास्कीमा २, गोर्खामा १, तनहुँमा ३, नवलपरासीमा १०, म्याग्दीमा १, बागलुङमा २, स्याङजामा १, अर्घाखाँचीमा १, कपिलवस्तुमा ९, गुल्मीमा ४, पाल्पामा २, वर्दियामा १, बाँकेमा ८, रुपन्देहीमा ६, रोल्पामा २, कालिकोटमा ३, जाजरकोटमा १९, रुकुममा १८, सुर्खेतमा ११, कञ्चनपुरका १९, कैलालीमा ७९, डढेलधुरामा ४, दार्चुलामा १, बाजुरामा १ तथा बैतडीमा ३ जना संक्रमित थपिएका हुन्।
यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ।
देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ पुगेको छ। यस्तै सोमबार कोरोना भाइरस संक्रमण निको भएर थप १७५ जना डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेहरुको संख्या १८ हजार ८०० पुगेको छ। सोमबार १० हजार २३४ जनाको पीसीआर परिक्षण गरिएको छ। ११ हजार २७५ जना क्वारेन्टिनमा रहेका छन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस