भदौ, चितवन । चितवनमा आइतबार र सोमबार गरिएका परीक्षणमा ३२ जना थपिएका हुन् । यससँगै चितवनमा कुल कोरोना संक्रमित हुनेको को संख्या ३६८ पुगेको छ । जसमध्य २५ जना भरतपुर महानगरका रहेका छन् भने एक जना खैरहनी नगरपालिकाका रहेका छन् ।
भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएका २०९ नमुना परीक्षण मध्ये १२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । जसमा भरतपुरका ५ जना पुरुष र ७ महिला रहेका छन् । संक्रमितहरु भरतपुर महानगरको क्वारेन्टाइन र पुरानो मेडिकल कलेजका हुन् ।
यसैगरि , चितवन मेडिकल कलेजको कोभिड १९ प्रयोगशालामा गरिएका परीक्षण १२० नमुनामध्ये २० जनाको रिपोर्ट पोजेटिभ आएको हो । संक्रमित हुनेहरुमा भरतपुर १ का ७४ वर्षीय पुरुष र २३ वर्षीया महिला, भरतपुर २ का ३१ वर्षीय पुरुष, भरतपुर ३ का ३१ वर्षीय पुरुष, भरतपुर ५ का ३२ र ३३ वर्षीया महिला, भरतपुर ९ का ४३ वर्षीय पुरुष, भरतपुर १० का २३ वर्षीया महिला, भरतपुर ११ का ३५ र ५२ वर्षीय पुरुष, भरतपुर १५ का २० वर्षीय पुरुष, भरतपुर १६ का २० वर्षीया महिला, भरतपुर २८ का ६२ वर्षीय पुरुष र खैरहनी नगरपालिका १२ का ३० वर्षीय महिला रहेका छन् । संक्रमित हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरका २२४ जना रहेका छन् । यस्तै, कालिका नगरपालिकामा ५, रत्ननगर नगरपालिकामा १२, माडी नगरपालिकामा ४१, खैरहनी नगरपालिकामा १४, राप्ती नगरपालिकामा ७० र इच्छाकामना गाउँपालिकामा २ जना संक्रमित छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस