भदौ, काठमाडौँ। सरकारले कोरोना भाइरस पोजेटिभ भयपनि कुनै लक्षण नदेखिएका संक्रमितलाई अस्पताल भर्ना नगर्ने भएको छ।
लक्षण नभएका संक्रमितलाई अस्पतालमा राख्दा लक्षण भएका र स्वास्थ्य अवस्था जटिल भएका संक्रमितहरुले बेड नपाउने भएको हुँदा यस्तो निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले लक्षण नदेखिएका बिरामीलाई आइसोलेसन सेन्टरमा राखिने र लक्षण देखिएकालाई मात्रै अस्पताल भर्ना गरिने बताए।
साथै लक्षण नेदेखिएका र घरमा छुट्टै ट्वाइलेट बाथरुम प्रयोग गर्नसक्ने सुविधा भएका संक्रमतिलाई घरमै आइसोलेसनमा बस्न पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।
घरमा आइसोलेट भएर बस्न सक्ने व्यवस्था नभएका संक्रमितलाई भने आइसोलेसन सेन्टरमा राखिने प्रवक्ता डा. गौतमले बताए।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस