• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०८० आश्विन ८, सोमबार | Mon, 25, Sep, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

कोरोना संक्रमित चितवनकी नर्सको मार्मिक स्टाटस जसले छोयो सबैको मन्

२०७७ भाद्र ६, शनिबार मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
कोरोना संक्रमित चितवनकी नर्सको मार्मिक स्टाटस जसले छोयो सबैको मन्

Author
हेल्लो चितवन अन्लाईन्
(३ साल अघि)

भदौ, चितवन । देशभर काेराेना भाइरसकाे संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मीहरु पनि संक्रमित भइरहेका छन् । यस संकटको समयमा आफ्नो घरपरिवार, बालबालिकालाई छाडेर बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स तथा सम्पूर्ण स्वास्थ्यकर्मी सधै सम्मानका पात्र हुन् । तर वर्तमान अवस्थामा कोरोना संक्रमण भइसकेपछि स्वास्थ्यकर्मी लगायत अन्य व्यक्तिलाई हेरिने नकारात्मक दृष्टिकोणले थप अर्को समस्या सृजना भइरहेको छ ।

संक्रमित भइसकेपछि स्वास्थ्यकर्मी र उनिहरूकाे परिवारलाई समाजले तिरस्कार गर्दा थप मानसिक तनाब झेल्नुपरिरहेको छ । संक्रमित भएरभन्दा पनि समाजबाट अपहेलित हुनुपर्दा बिरामी हुनुपरेको पीडा छ स्वास्थ्यकर्मीलाई । समाजबाट हुने यस्ता घृणित गतिविधिले आफुहरुको मनोबल गिरीरहेको बारम्बार स्वास्थ्यकर्मीहरुले बताइरहेका छन् ।

भरतपुरमा संक्रमित स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार दोहोरिएको छ । चितवन, भरतपुरको सेन्ट्रल अस्पताल प्रा.लि.मा कार्यरत एक नर्सले यस्तै समस्या भोग्नुपरेको छ । अस्पतालकी नर्सिङ इन्चार्ज समेत रहनुभएकी २७ वर्षकी रञ्जिता थापाले संक्रमित हुँदा आफु सहित परिवारले भोग्नुपरेको समस्या हेल्थपाटीलाई सुनाउनुभयो । हेल्थपाटीका लागि जगन्नाथ ढकालले थापासँग कुरागर्नुभएको छ ।

संक्रमित थापाले भोग्नुपरेको समस्या उहाँकै शब्दमा :

म भरतपुरको सेन्ट्रल अस्पतालमा कार्यरत छु । यस अस्पतलामा आएका एक बिरामीलाई संक्रमण पुष्टि भएपछि हामी सबै स्वास्थ्यकर्मीको पीसीआर परीक्षण भयो । म लगायत ५ जनालाई संक्रमण पुष्टि भयो । मंगलबार कोरोना पुष्टि भएपछि हामी यही अस्पतालको आइसोलेसनमा छौं । मेरो अवस्था सामान्य छ । औषधि समेत लिनपर्दैन । तर अहिले मैले मानसिक तनाव खेपिरहेकी छु ।

जब मलाई कोरोना पुष्टि भयो, मेरो बाबा– ममीलाई छर–छिमेक तथा आफन्तले समेत गाली गलौज गरे । छोरीलाई किन अस्पताल पठाइस् भन्दै छरछिमेकले हप्कीदप्की गरिरहेका छन् । यतिमात्रै होइन अग्रस्थानमा खटिएका प्रहरीले समेत हामीलाई दुर्व्यवहार गरे । मेरो घरमा प्रहरी आएर उल्टै मेरा बाबा ममीलाई कराउनुभएछ । उनीहरुले त समाजलाई सम्झाउनुपर्ने होइन र रु हामी कहाँ छौ ।

म घर नगएको धेरै दिन भइसकेको थियो । मलाई संक्रमण पुष्टि भएपछि बाबा, ममी, भाइ र एक जना अर्को दाई क्वारेन्टिनमा हुनुहुन्छ । दुर्व्यवहारका कारण मेरो बाबा ममीलाई खानेकुरा ल्याउन पुर्याउन कोही नभएपछि म कार्यरत अस्पतालका दाईहरुले आवश्यक सामान पुर्याइरहनु भएको छ । मैले सोचीरहेकी छु, सबैको प्रिय थियौ हामी तर संक्रमित भएपछि किन यस्तो पराई भयौ । घरमा नै बस्दा किन असुरिक्षत भयौ ।

यसअघि पनि विभिन्न स्थानमा संक्रमितले यस्तै समस्या भोगेको खबरबाट डराउनुभएको मेरो बाबाले हामीलाई पनि त्यस्तै दिन आउनेछ भनेर मलाई अस्पतालको जागिर छोड भनेर दबाब दिनुहुन्थ्यो । तर मैले यस्तो विषम् परिस्थितिमा बिरामी र त्रासबाट भाग्न सक्दिन भनेर बिरामीको उपचार गरे र उनीहरुको उपचार गर्दा नै म संक्रमित भए । तर म र मेरो परिवार तिरस्कृत हुन परेको छ । यो मैले र मेरो परिवारले मात्रै होइन अन्य संक्रमित र उनीहरुको परिवारले भोगिरहेको तितो यथार्थ हो ।

थापाको फेसवुक स्टाटस यस्तो थियो :

मेरो बाबाले मलाई कोरोनाको डरले जागिर छोड्न दबाब दिइराख्नुभयो । मलाई थाहा थियो कुनै न कुनै दिन म कोरोनाको शिकार हुनेछु तरपनि मैले कुनै दिन जागिर छोड्ने मनशाय राखिन । म पछि हटे भने कसले सेवा गर्नेछ र मेरो देशमा लासको हिमाल बन्न समय नलाग्न सक्छ । त्यो म हेर्न सक्दिन । त्यो लाश थुप्रोमा मेरो,तपाईको कसैन कसैको प्राण जोगिएको हुन्छ । यही सोचले म कुनै दिन अस्पताल जान छोडिन । बरु केहि दिनदेखि घर जान छोडिदिए । कुनै पनि बिरामीको सेवा गर्दा घिन मानिन । आज म कोरोन पोजेटिभ भई आइसोलेसनमा बसेकी छु ।

घरमा प्रहरी पठाउने, छोरीलाई किन पहिल्यै जागिर छोड्न नलागेको भनेर तनाव दिइरहेका छन् । वाह समाजको दायित्व । भोलि हजुरलाई हजुरको आफ्नो भन्नेलाई कोरोना लाग्ला अनि कहाँ जानुहुन्छ सहयोगका लागि । आफ्नो परिवारलाई कहाँ लगेर लुकाउनुहुन्छ र रुरु आइसोलेसनमा आफै बसेको छ तरपनि मानसिक तनाव किन रुम कुन मुखले बाबालाई भनु फेरि अस्पताल जान्छु भनेर । @हेल्थ पाटि

बाट थप

  • आर्थिक सशक्तिकरणका लागि इयुको सहयोगमा लुम्बिनी र कर्णाली प्रदेशका सरोकारवालाहरूसँग वृहद संवादआर्थिक सशक्तिकरणका लागि इयुको सहयोगमा लुम्बिनी र कर्णाली प्रदेशका सरोकारवालाहरूसँग वृहद संवाद
  • घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?
  • अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारीअक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी
  • महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोगमहिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आर्थिक सशक्तिकरणका लागि इयुको सहयोगमा लुम्बिनी र कर्णाली प्रदेशका सरोकारवालाहरूसँग वृहद संवाद

    आर्थिक सशक्तिकरणका लागि इयुको सहयोगमा लुम्बिनी र कर्णाली प्रदेशका सरोकारवालाहरूसँग वृहद संवाद

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्त

    सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकप्रति महामन्त्री गगन थापा द्वारा असन्तुष्टि व्यक्त

    सरकार र शिक्षक बीचको सहमतिमा आन्दोलनरत शिक्षकहरूकै असहमति

    सरकार र शिक्षक बीचको सहमतिमा आन्दोलनरत शिक्षकहरूकै असहमति

    हेलो सरकारमा रिचार्ज कसरी गर्नेदेखि, राहदानी फाराम भर्ने, बत्ती धेरै जाने भन्नेसम्मका जिज्ञासा र गुनासा

    प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता गरेर अमेरिकाबाट चीन जाँदै

    प्रधानमन्त्री दाहाल र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेटवार्ता गरेर अमेरिकाबाट चीन जाँदै

    जापानी भाषा परीक्षा पासको नक्कली कागजात बनाएको शंकामा २५ म्यानपावर कम्पनी छानबिनमा

    जापानी भाषा परीक्षा पासको नक्कली कागजात बनाएको शंकामा २५ म्यानपावर कम्पनी छानबिनमा

    नारायणी पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    नारायणी पुलमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    विशेषज्ञद्धारा लाईफलाइन हेयर ट्रान्सप्लाण्टमा कपाल तथा अनुहारको निःशुल्क परीक्षण

    विशेषज्ञद्धारा लाईफलाइन हेयर ट्रान्सप्लाण्टमा कपाल तथा अनुहारको निःशुल्क परीक्षण

    ‘नाङ्गो गाउँ’ ले दुई दिनमै कमायो १ करोड ६० लाख रुपैयाँ

    ‘नाङ्गो गाउँ’ ले दुई दिनमै कमायो १ करोड ६० लाख रुपैयाँ

    उपमेयर सुनिता डंगोलले मैतिदेवी मन्दिरमा पुगेर गरिन् पूजा

    उपमेयर सुनिता डंगोलले मैतिदेवी मन्दिरमा पुगेर गरिन् पूजा

    क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल

    क्षमता वृद्धि र सेवा सुधार गर्दै भरतपुर अस्पताल

    महानगरको गाडी रोक्ने काम बन्द नगरे सिंहदरबारमा आगो लगाउने बालेनको धम्कि , के थियो घटना ?

    महानगरको गाडी रोक्ने काम बन्द नगरे सिंहदरबारमा आगो लगाउने बालेनको धम्कि , के थियो घटना ?

    शैक्षिक परामर्शलाई धरौटी यथावत

    शैक्षिक परामर्शलाई धरौटी यथावत

    समाचार
    आर्थिक सशक्तिकरणका लागि इयुको सहयोगमा लुम्बिनी र कर्णाली प्रदेशका सरोकारवालाहरूसँग वृहद संवाद

    आर्थिक सशक्तिकरणका लागि इयुको सहयोगमा लुम्बिनी र कर्णाली प्रदेशका सरोकारवालाहरूसँग वृहद संवाद

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    घरमा सिरक, डसना निर्माण गर्दै हुनुहुन्छ? कारबाहीमा पर्नुहोला नी ?

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    अक्सफोर्ड कलेज र चीनको नान्जीङ्ग युनिभर्सिटी अध्ययन अध्यापन बीच समझदारी

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    महिलालाई व्यापारमा मूलप्रवाहीकरणका लागि इयुको सहयोग

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    भारतमा हुने क्रिकेट विश्वकपका लागि ४० लाख अमेरिकी डलर पुरस्कार रकम घाेषणा

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑