• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ पौष २९, मंगलबार  | Mon, 12, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

कोरोना संक्रमित चितवनकी नर्सको मार्मिक स्टाटस जसले छोयो सबैको मन्

August 22, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
कोरोना संक्रमित चितवनकी नर्सको मार्मिक स्टाटस जसले छोयो सबैको मन्

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

भदौ, चितवन । देशभर काेराेना भाइरसकाे संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मीहरु पनि संक्रमित भइरहेका छन् । यस संकटको समयमा आफ्नो घरपरिवार, बालबालिकालाई छाडेर बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स तथा सम्पूर्ण स्वास्थ्यकर्मी सधै सम्मानका पात्र हुन् । तर वर्तमान अवस्थामा कोरोना संक्रमण भइसकेपछि स्वास्थ्यकर्मी लगायत अन्य व्यक्तिलाई हेरिने नकारात्मक दृष्टिकोणले थप अर्को समस्या सृजना भइरहेको छ ।

संक्रमित भइसकेपछि स्वास्थ्यकर्मी र उनिहरूकाे परिवारलाई समाजले तिरस्कार गर्दा थप मानसिक तनाब झेल्नुपरिरहेको छ । संक्रमित भएरभन्दा पनि समाजबाट अपहेलित हुनुपर्दा बिरामी हुनुपरेको पीडा छ स्वास्थ्यकर्मीलाई । समाजबाट हुने यस्ता घृणित गतिविधिले आफुहरुको मनोबल गिरीरहेको बारम्बार स्वास्थ्यकर्मीहरुले बताइरहेका छन् ।

भरतपुरमा संक्रमित स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार दोहोरिएको छ । चितवन, भरतपुरको सेन्ट्रल अस्पताल प्रा.लि.मा कार्यरत एक नर्सले यस्तै समस्या भोग्नुपरेको छ । अस्पतालकी नर्सिङ इन्चार्ज समेत रहनुभएकी २७ वर्षकी रञ्जिता थापाले संक्रमित हुँदा आफु सहित परिवारले भोग्नुपरेको समस्या हेल्थपाटीलाई सुनाउनुभयो । हेल्थपाटीका लागि जगन्नाथ ढकालले थापासँग कुरागर्नुभएको छ ।

संक्रमित थापाले भोग्नुपरेको समस्या उहाँकै शब्दमा :

म भरतपुरको सेन्ट्रल अस्पतालमा कार्यरत छु । यस अस्पतलामा आएका एक बिरामीलाई संक्रमण पुष्टि भएपछि हामी सबै स्वास्थ्यकर्मीको पीसीआर परीक्षण भयो । म लगायत ५ जनालाई संक्रमण पुष्टि भयो । मंगलबार कोरोना पुष्टि भएपछि हामी यही अस्पतालको आइसोलेसनमा छौं । मेरो अवस्था सामान्य छ । औषधि समेत लिनपर्दैन । तर अहिले मैले मानसिक तनाव खेपिरहेकी छु ।

जब मलाई कोरोना पुष्टि भयो, मेरो बाबा– ममीलाई छर–छिमेक तथा आफन्तले समेत गाली गलौज गरे । छोरीलाई किन अस्पताल पठाइस् भन्दै छरछिमेकले हप्कीदप्की गरिरहेका छन् । यतिमात्रै होइन अग्रस्थानमा खटिएका प्रहरीले समेत हामीलाई दुर्व्यवहार गरे । मेरो घरमा प्रहरी आएर उल्टै मेरा बाबा ममीलाई कराउनुभएछ । उनीहरुले त समाजलाई सम्झाउनुपर्ने होइन र रु हामी कहाँ छौ ।

म घर नगएको धेरै दिन भइसकेको थियो । मलाई संक्रमण पुष्टि भएपछि बाबा, ममी, भाइ र एक जना अर्को दाई क्वारेन्टिनमा हुनुहुन्छ । दुर्व्यवहारका कारण मेरो बाबा ममीलाई खानेकुरा ल्याउन पुर्याउन कोही नभएपछि म कार्यरत अस्पतालका दाईहरुले आवश्यक सामान पुर्याइरहनु भएको छ । मैले सोचीरहेकी छु, सबैको प्रिय थियौ हामी तर संक्रमित भएपछि किन यस्तो पराई भयौ । घरमा नै बस्दा किन असुरिक्षत भयौ ।

यसअघि पनि विभिन्न स्थानमा संक्रमितले यस्तै समस्या भोगेको खबरबाट डराउनुभएको मेरो बाबाले हामीलाई पनि त्यस्तै दिन आउनेछ भनेर मलाई अस्पतालको जागिर छोड भनेर दबाब दिनुहुन्थ्यो । तर मैले यस्तो विषम् परिस्थितिमा बिरामी र त्रासबाट भाग्न सक्दिन भनेर बिरामीको उपचार गरे र उनीहरुको उपचार गर्दा नै म संक्रमित भए । तर म र मेरो परिवार तिरस्कृत हुन परेको छ । यो मैले र मेरो परिवारले मात्रै होइन अन्य संक्रमित र उनीहरुको परिवारले भोगिरहेको तितो यथार्थ हो ।

थापाको फेसवुक स्टाटस यस्तो थियो :

मेरो बाबाले मलाई कोरोनाको डरले जागिर छोड्न दबाब दिइराख्नुभयो । मलाई थाहा थियो कुनै न कुनै दिन म कोरोनाको शिकार हुनेछु तरपनि मैले कुनै दिन जागिर छोड्ने मनशाय राखिन । म पछि हटे भने कसले सेवा गर्नेछ र मेरो देशमा लासको हिमाल बन्न समय नलाग्न सक्छ । त्यो म हेर्न सक्दिन । त्यो लाश थुप्रोमा मेरो,तपाईको कसैन कसैको प्राण जोगिएको हुन्छ । यही सोचले म कुनै दिन अस्पताल जान छोडिन । बरु केहि दिनदेखि घर जान छोडिदिए । कुनै पनि बिरामीको सेवा गर्दा घिन मानिन । आज म कोरोन पोजेटिभ भई आइसोलेसनमा बसेकी छु ।

घरमा प्रहरी पठाउने, छोरीलाई किन पहिल्यै जागिर छोड्न नलागेको भनेर तनाव दिइरहेका छन् । वाह समाजको दायित्व । भोलि हजुरलाई हजुरको आफ्नो भन्नेलाई कोरोना लाग्ला अनि कहाँ जानुहुन्छ सहयोगका लागि । आफ्नो परिवारलाई कहाँ लगेर लुकाउनुहुन्छ र रुरु आइसोलेसनमा आफै बसेको छ तरपनि मानसिक तनाव किन रुम कुन मुखले बाबालाई भनु फेरि अस्पताल जान्छु भनेर । @हेल्थ पाटि

बाट थप

  • कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु
  • आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने
  • त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी
  • देशभर मौसम सफा रहने देशभर मौसम सफा रहने
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    समाचार
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑