
भदौ, काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपामा वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ। तर नेता नेपालसहित उनको परिवारका सबै सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ।
नेता नेपालको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका ९ जनामा संक्रमण देखिएको हो। गत साउन २५ गतेको परीक्षणमा रिपोर्ट नेगेटिभ आएका उनीहरुको गएको बुधबार फेरि परीक्षण गरिएको थियो।
दोस्रोपटकको परीक्षणमा ९ जनाको रिपोर्ट पोजेटिभ आए पनि उनीहरु कसैमा पनि कोरोनाको कुनै लक्षण भने नदेखिएको बताइएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस