• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ४, आईतबार  | Sun, 18, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

कहिले सम्म राजनीतिक दबाब हाबी भरतपुर कोभिड–१९ प्रयोगशालामा।

August 22, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
कहिले सम्म राजनीतिक दबाब हाबी भरतपुर कोभिड–१९ प्रयोगशालामा।

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

भदौं, भरतपुर । चितवनमै कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्न गत वर्ष चैत २४ गतेदेखि ‘भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशाला’ सञ्चालित छ, जहाँबाट शुक्रबारसम्ममा १७ हजार नमुना परीक्षण भएका छन् । २४ घन्टामा दुई सय नमुना परीक्षण गर्ने क्षमता रहेको प्रयोगशालामा अहिले चितवनसहित १८ जिल्लाबाट दैनिक एक हजारको हाराहारीमा नमुना आउने गरेका छन्, जसले गर्दा रिपोर्टको नतिजा निस्कन पालो कुर्नुपर्ने बाध्यता छ । प्रयोगशालाले थेग्नै नसक्ने गरी नमुना आउँदा प्रयोगशालाका प्राविधिकलाई समयमै रिपोर्ट दिन नसक्नुको समस्या एक ठाउँमा छ भने चर्कोरुपमा राजनीतिक दबाब पनि खेप्न बाध्य छन् ।
सीमित स्रोतसाधनको भरमा चलेको प्रयोगशालामा स्वतन्त्र भएर काम गर्न नपाएको प्रयोगशाला प्रमुख डा. नितु अधिकारीले बताइन् । आफ्नो काममा मात्र नभई चौतर्फी दबाबमा काम गर्नुपर्दा कहिलेकाहीँ मानसिक तनावसमेत हुने गरेको उनले बताइन् । ‘२४ घन्टामा जम्मा दुईदेखि तीन सयवटा नमुना परीक्षण गर्न सकिन्छ, तर हामीले दैनिक ६०० को हाराहारीमा परीक्षण गर्दै आएका छौँ’, उनले भनिन्, ‘यति गर्दा पनि राजनीतिकरुपमा पहुँच देखाउनेको दबाबमा काम गर्नु परेको छ ।’ दलका नेता, सरकारी तथा निजी क्षेत्रका स्वास्थ्यकर्मी, जनप्रतिनिधिलगायतका दलका नेताहरुले निरन्तर दबाब दिइरहेको उनले सुनाइन् तर उनले कुन कुन दलबाट राजनीतिक दबाब आयो भन्ने चाहिँ खुलाइनन् ।
सबैभन्दा पहिले सरकारी अस्पतालबाट आएको नमुनालाई परीक्षण गर्ने भन्ने सरकारी निर्देशनअनुसार काम गर्दै आएको उनले बताइन् । सकभर समयमै रिपोर्ट दिन पाए हुन्थ्यो भन्ने लाग्दालाग्दै पनि बढी चापका कारण समय लाग्ने गरेको छ । जिल्लाका दुई दर्जनभन्दा बढी निजी अस्पताल, स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टाइन र जोखिममा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मीसहित सबैको स्वाब संकलन भएर आउँदा प्राथमिकताका आधारमा परीक्षण गराउँदै आएको उनले बताइन् । ‘कतिपय अवस्थामा अप्रेसन गर्ने बिरामीको पिसिआर गर्नुप¥यो भनेर नमुना पठाउँछन्, त्यस्तो अवस्थामा मानवीय संवेदनालाई पनि हेर्नुपर्छ’, उनले भनिन्, ‘तर पहुँचवालाहरुले आफ्नोमात्रै चिन्ता गर्दा त्यसको असर सर्वसाधारणसम्म पर्छ ।’
कतिपयले प्रमुख जिल्ला अधिकारी, पत्रकारलगायतलाई फोन गर्न लगाएर दबाब दिइरहेका छन् । ‘ल्याबमा खटिँदै आएका कर्मचारीलाई नङ काट्ने फुर्सदसमेत छैन, तर बाहिरबाट दबाब आउने क्रम रोकिँदैन’, उनले भनिन्, ‘सीमित कर्मचारीको भरमा दैनिक धपेडीमा काम गर्नु परेको छ ।’ सरकारी नीतिअनुसार स्वास्थ्यकर्मीको पिसिआर अनिवार्य छ । यतिबेला सबैभन्दा बढी सरकारी अस्पताल र सरकारी अस्पतालमै कार्यरत स्वास्थ्यकर्मी बढी प्रभावित छन् । ‘त्यसैले अस्पताल र स्वास्थ्यकर्मी बचाउनु नै हाम्रो पहिलो दायित्व हो’, उनले भनिन्, ‘भएको सरकारी अस्पताल पनि बन्द गर्नुपर्ने अवस्था भए बिरामीले कहाँ गएर उपचार गर्ने ?’ यस्तो बेलामा आमनागरिकले पनि घरभित्रै बसेर सहयोग गर्न उनले आग्रह गरिन् । घरबाहिर डुल्न नडराउने अनि शंका लाग्यो भनेर पिसिआर जाँच्न आउने प्रवृत्तिले समाजमा विकृति फैलिएको उनको भनाइ छ ।@चितवन पोष्ट

बाट थप

  • अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक
  • गगन थापाका प्रारम्भिक चुनौती गगन थापाका प्रारम्भिक चुनौती
  • पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै
  • चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    गगन थापाका प्रारम्भिक चुनौती

    गगन थापाका प्रारम्भिक चुनौती

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

    भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

    अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    सल्यान–सुर्खेतमा बाघको त्रास : एक सातामै तीन जनाको ज्यान गयो

    सल्यान–सुर्खेतमा बाघको त्रास : एक सातामै तीन जनाको ज्यान गयो

    चितवनमा कृषि प्रविधिको प्रर्दशन र उत्पादनको वजारीकरण गर्न एग्रीटेक  एक्स्पो हुंँदै

    चितवनमा कृषि प्रविधिको प्रर्दशन र उत्पादनको वजारीकरण गर्न एग्रीटेक एक्स्पो हुंँदै

    सिन्धुली जिल्लामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र लुटपाट

    सिन्धुली जिल्लामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र लुटपाट

    सिन्धुलीमा भतिजको संलग्नतामा टंकमायाको हत्या, दुई जना पक्राउ

    सिन्धुलीमा भतिजको संलग्नतामा टंकमायाको हत्या, दुई जना पक्राउ

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    समाचार
    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    गगन थापाका प्रारम्भिक चुनौती

    गगन थापाका प्रारम्भिक चुनौती

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑