भदौ, चितवन । रत्ननगर बकुलहर अस्पताल रत्ननगरका मेडिकल सुपरिटेण्डेन्ट डा.विश्वबन्धु बगालेले कोरोनालाई जित्न सफल हुनु भएको छ । शुक्रबार राति भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा डा.बगालेको कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको हो । भरतपुर अस्पतालबाट स्वाब दिनुभएका डा.बगालेको कोरोना रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ ।
डा.बगालेलाई १२ दिन अघि गरिएको परिक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएपछि घरकै आईसोलेसनमा बस्नुभएको थियो। कार्य क्षेत्रमै खटिएका बेलामा डा.विश्वबन्धु बगालेमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस