• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ४, आईतबार  | Sun, 18, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

ओलि र प्रचण्डको नयाँ मन्त्री बन्नेको लिस्ट को को परे त ? नाम सहित

August 22, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
ओलि र प्रचण्डको नयाँ मन्त्री बन्नेको लिस्ट को को परे त ? नाम सहित

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

भदौ, काठमाडौँ । काठमाडौँ लामो समय आन्तरिक विवाादमा रूमल्लिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अन्ततः सहमतिको बाटो पहिल्याएको छ । महाधिवेशनमा जानेगरी विवादको हल गर्न अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सहमत भएपछि त्यसलाई लिखित रूप दिन र केही आन्तरिक विषय मिलाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल बनेपछि ओली–प्रचण्डले सन्तोषको सास फेरेका छन् ।

पार्टीभित्रको विवाद अब सहमतिको दिशातिर जाने देखेपछि गत हप्ता नै प्रधानमन्त्री ओलीले पत्रकार भूषण दाहालको द ब्राभो डेल्टा शो कार्यक्रमलाई अन्तर्वार्ता दिने क्रममा ५ दिनभित्र नेकपामा सहमतिको नयाँ सिनारियो देखिने बताएका थिए । त्यसको एक हप्तापछि प्रचण्डले सोही कार्यक्रममार्फत प्रधानमन्त्री ओलीले दुबै पदबाट राजीनामा दिनु नपर्ने बताए । प्रचण्डले पार्टी अब महाधिवेशनतिर केन्द्रित हुने भएकाले अहिले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट राजीनामा दिनु नपर्ने बताएका थिए ।

कार्यदलले सुझाव दिएपछि हामी दुई अध्यक्ष, सचिवालय र स्थायी समितिमा छलफल गरेर विवाद समाधान गर्नतिर लाग्छौं’, प्रचण्डले भने, ‘स्थायी समितिबाट निर्णय गरेर केन्द्रीय समिति बैठक बस्छौं, त्यसपछि महाधिवेशनमा जाने हो ।महाधिवेशनमा जाने मूल कार्यभारमा सहमति भएपछि र बाँकी विषय कार्यदलले टुङ्ग्याउने भएपछि ओली–प्रचण्ड भने मन्त्रिपरिषद् पुर्नगठनमा ध्यान दिइरहेका छन् । गत मंगलबार भेटेरै र त्यसपछि पनि लगातार फोन वार्तमार्फत ओली र प्रचण्डले नयाँ मन्त्रीको नाम टुङ्ग्याएको स्रोतको दाबी छ । उनीहरू विदाइ गर्ने मन्त्रीमा पनि सहमतिनजिक पुगेका छन् । यता कार्यदलले यही साता प्रतिवेदन बुझाउने र त्यसलगत्तै मन्त्रिपरिषद् गुर्नगठन हुने बताइएको छ । तीज लगत्तै नयाँ मन्त्रीहरूलाई सपथ गराउने तयारीमा ओली प्रचण्ड लागिरहेका छन् ।

नयाँ मन्त्रीहरूमा प्रचण्ड र नेपाल पक्षका धेरैले अवसर पाउने भएका छन् । ओली पार्टीभित्र शक्ति सन्तुलन मिलाउन तयार भएपछि नै उनको कार्यकाल ५ वर्ष नै पुर्याउने गरी जुझारू नेताहरूलाई क्याविनेटमा लैजाने तयारी गरिएको हो । अब बन्ने मन्त्रिपरिषद् नै चुनावसम्म कायमै रहने भएकोले जनताको मन जित्न सक्नेगरी काम गर्न सक्नेलाई अवसर दिने बताइएको छ । यता मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेसँगै मन्त्री बन्नका लागि नेताहरू विभिन्न शक्तिकेन्द्र धाउन सुरू गरेका छन् ।

यी मन्त्रीहरूको हुँदैछ विदाइ:

ओली र प्रचण्डले कार्यकाल २ वर्ष पार गरेका अधिकांश मन्त्रीहरूलाई विदाइ गर्ने तयारी गरेका छन् । साथै कार्यसम्पादन राम्रो नभएका केही नयाँ मन्त्रीहरू पनि हटाउने तयारी गरिएको छ । स्रोतका अनुसार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा, वनमन्त्री शक्तिबहादुर बस्नेत, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, खानेपानी मन्त्री बिना मगरलाई विदाइ गरिंदैछ ।ओली नेतृत्वको क्याबिनेटमा सुरूदेखि नै रहेको भए पनि गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुनले भने निरन्तरता पाउनेछन् । सञ्चार र शहरी विकास मन्त्रालय खाली नै रहेकोले सो स्थानमा पनि नयाँ मन्त्रीहरूले अवसर पाउने भएका छन् ।यी हुन् ओली र प्रचण्डको लिस्टमा परेका सम्भावित नयाँ मन्त्रीहरू:नयाँ मन्त्रीमा अहिले कार्यदलमा रहेका अधिकांश नेताहरू पर्ने भएका छन् ।

कार्यदलमा रहेका महासचिव विष्णु पौडेलबाहेक भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, र पम्फा भुसालगरी चारैजनाले यसपटकको पुर्नगठनमा अवसर पाउने भएका छन् । महासचिव पौडेल पार्टीमै समय दिनुपर्ने भएकोले मन्त्री नबन्ने भएका छन् ।त्यसैगरी कार्यदलमै रहेका प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई पनि मुख्यमन्त्रीबाट राजीनामा गराएर केन्द्रमै पार्टी सञ्चालनमा खटाइने भएको छ ।थप नयाँ मन्त्रीमा बेदुराम भूषाल, देवेन्द्र पौडेल, अमनलाल मोदी समेतको नाम टुंगो लागेको स्रोतले बताएको छ । त्यसैगरी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लगेर उपप्रधानमन्त्री बनाउने तयारी गरिएको छ । पार्टी प्रवक्तालाई समेत उपप्रधानसहित आकर्षक मन्त्रालय दिने तयारी भएको स्रोतको दाबी छ ।@नव कान्तिपुर

बाट थप

  • अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक
  • गगन थापाका प्रारम्भिक चुनौती गगन थापाका प्रारम्भिक चुनौती
  • पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै
  • चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    गगन थापाका प्रारम्भिक चुनौती

    गगन थापाका प्रारम्भिक चुनौती

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

    भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

    अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    सल्यान–सुर्खेतमा बाघको त्रास : एक सातामै तीन जनाको ज्यान गयो

    सल्यान–सुर्खेतमा बाघको त्रास : एक सातामै तीन जनाको ज्यान गयो

    चितवनमा कृषि प्रविधिको प्रर्दशन र उत्पादनको वजारीकरण गर्न एग्रीटेक  एक्स्पो हुंँदै

    चितवनमा कृषि प्रविधिको प्रर्दशन र उत्पादनको वजारीकरण गर्न एग्रीटेक एक्स्पो हुंँदै

    सिन्धुली जिल्लामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र लुटपाट

    सिन्धुली जिल्लामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र लुटपाट

    सिन्धुलीमा भतिजको संलग्नतामा टंकमायाको हत्या, दुई जना पक्राउ

    सिन्धुलीमा भतिजको संलग्नतामा टंकमायाको हत्या, दुई जना पक्राउ

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    समाचार
    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    गगन थापाका प्रारम्भिक चुनौती

    गगन थापाका प्रारम्भिक चुनौती

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑