• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Wed, 12, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

३० हजार विद्यार्थी ‘एनओसी’ बाट वञ्‍चित : ‘कोरोनाका नाममा शैक्षिक अवसर रोकियो’

August 21, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
३० हजार विद्यार्थी ‘एनओसी’ बाट वञ्‍चित : ‘कोरोनाका नाममा शैक्षिक अवसर रोकियो’


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

भदौ, काठमाडौँ ।  कोरोना संक्रमणका बीच विद्यार्थीको हुल बढ्ने डरले ५ महिनाअघि रोकिएको नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) प्रदान गर्ने प्रक्रिया अझैसम्म नखुल्दा विभिन्न विदेशी विश्वविद्यालयहरुमा अध्ययनको अवसर पाएका ३० हजारभन्दा बढी नेपाली विद्यार्थी बिचल्लीमा परेका छन् ।

विदेशी विश्वविद्यालयको शैक्षिक क्यालेन्डरअनुसार, यही महिना(अगस्ट/सेप्टेम्बर) देखि भर्ना तथा कक्षा सञ्चालनको सत्र सुरु हुने भएकाले र यही आधारमा अधिकांश विद्यार्थी हातमा ‘स्वीकृति पत्र’ (अफर लेटर) लिएर बसेका छन् । तर शिक्षा मन्त्रालयले हजारौं विद्यार्थीले पाइरहेको अवसरलाई रोकेर राखेको छ । ‘कोरोना संक्रमणका कारण नेपाल मात्रै होइन, सिंगो विश्व कपठन अवस्थामा छ भन्ने हामीलाई राम्ररी थाहा छ,’ काठमाडौंका विराज खनाल भन्छन्- ‘एनओसी चाहियो भन्दैमा आजको भोलि उडेर विदेश जान खोजिएको पनि होइन, बरु भर्ना र अध्ययन प्रक्रिया सुनिश्चित गर्न खोजिएको हो ।’

जर्मनीको एक प्राविधिक विश्वविद्यालयमा भेहिकल टेक्नोलोजी अध्यन गर्न जाने सम्पूर्ण प्रक्रिया पूरा गरेर पनि अल्झेर बसिरहेका खनालले भने, ‘हातमा अफर–लेटर र जर्मनीको भिसा लिएर बसे पनि ‘एनओसी’ नपाउँदा विश्वविद्यालयमा पैसा ट्रान्सफर गर्न र भर्ना प्रक्रियामा सामेल हुन सकिरहेको छैन ।’

गत वर्ष यसैगरी अमेरिका–युरोप पढ्न जाने र ‘एनओसी’ लिने विद्यार्थीको संख्या २२ हजारभन्दा बढी थियो । यसपटक झण्डै दुई सेमेस्टरका विद्यार्थी ‘एनओसी’ नभएरै अड्किएर बस्दा यो संख्या ३० हजार नाघिसकेको छ ।

 

कोरोना संक्रमणसँगै पहिलो चरणको ‘लकडाउन’ गर्नुअघि गत फागुन २९ गतेको मन्त्रिपरिषद् बैठकले रोकेको ‘एनओसी वितरण प्रक्रिया’ अहिले भने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले अनुमती नदिएका कारण खुला गर्न नसकिएको शिक्षा मन्त्रालयले बताउँदै आएको छ । ‘मन्त्रालयमा कुरा गर्दा सीसीएमसीलाई देखाइन्छ, सीसीएमसीमा कुरा गर्दा शिक्षा मन्त्रालयले दह्रोसँग प्रस्ताव नल्याएको बताइन्छ,’ स्विजरल्याण्डको एक विश्वाविद्यालयमा सूचना–प्रविधि अध्यनमा जाने अन्तिम प्रक्रियापछि अल्झेर बसेका चितवनका एक विद्यार्थीले भने ।

‘अर्बान म्यानेजमेन्ट एण्ड डेभलेपमेन्ट’मा मास्टर्स पढाइका लागि नेदरल्याण्डको इऱ्यासमस विश्वाविद्यालयबाट ‘एसेप्टेन्स लेटर’ पाइसकेकी ललितपुरकी सुरेना श्रेष्ठ पनि ५ महिनायता यस्तै अन्यौलग्रस्त स्थिति बेहोरिरहेकी छिन् । ‘मेरो सेप्टेम्बर २८ मा सेमेस्टर सुरु हुँदैछ,’ उनले कान्तिपुरसँग भनिन्—‘कक्षा तयारीका अनलाइन क्लास सुरु भएको अवस्था छ । तर, एनओसी अभावमा पैसा ट्रान्सफर गर्न र भिसा प्रक्रियामा जान सकिएको छैन । आफ्नै पहलमा हामी विद्यार्थीले खोजेको र पाएको उच्च शिक्षाको अवसरलाई सरकारले जानाजानी रोक्न चाहेको देखिन्छ ।’

बेलायतको एक विश्वविद्यालयमा ‘इकोनमी एण्ड फाइनान्स’ विषयमा मास्टर्स पढ्न जाने ‘आफर लेटर’ लिएर बसेका प्रकाशकुमार क्षेत्री एनओसीकै अभावमा आफ्नो भर्ना प्रक्रियालाई सुनिश्चित बनाउन सकिरहेका छैनन् । ‘पैसा ट्रान्सफर गर्न वा भिसा प्रक्रियामा जा समेत रोकिएको अवस्थामा छु,’उनले भने, ‘एनओसी लिएकै भरमा भोलिपल्टै बेलायत उड्न खोजेको होइन तर, पाएको अध्यन अवसरलाई सुनिश्चित गराउनै पनि असम्भव जस्तो भइसकेको छ ।’

डेनमार्कको एक प्रतिष्ठित विश्वविद्यालयमा ‘एकेडेमिक प्रोफेसनल डिग्री’को पढाइमा जान भनेर ६ महिनायता तयारीमा रहेकी मोनिका श्रेष्ठ पनि सेप्टेम्बरभित्रमा सबै भर्ना प्रक्रिया एवं फन्ड–ट्रान्सफरको काम पूरा गरिसक्नुपर्ने हुटहुटीमा छिन् । ‘तर, किन एनओसी रोकिएको हो भन्नेसम्म पनि जानकारी छैन,’ उनी भन्छिन्, ‘कोरोनाकै कारण देखाएर आज हजारौं मजस्ता विद्यार्थीको पढाइको अवसर र भविष्यलाई सरकारले अवरुद्ध गर्न चाहेको देखिन्छ ।’

 

वीरगन्ज मूल घर भएका आयुष गुप्ता पनि जर्मनीको एक प्रविधि विश्वविद्यालयमा ‘एयर क्वालिटी कन्ट्रोल’ विषयमा उच्च शिक्षा लिन जाने अन्तिम तयारीमा छन् । ‘म आफू एक निजी इन्टरप्राइजेजमा मेकानिकल इन्जिनियर काममा लागेको थिएँ, तर आफ्नै विषयमा विश्वविद्यालयले अफर–लेटर दिएपछि पढाइमा जाने तयारीमा लागेको हुँ,’ उनले भने, ‘भिसाको प्रक्रियासमेत पूरा गरेको अवस्थामा र एनओसी पाउनासाथै बाँकी प्रक्रिया टुंग्याएर म जर्मनी जाने तयारीमा बसेको ५ महिना भइसक्यो । तर, अनाहकमा शिक्षा मन्त्रालयले मजस्ता हजारौं विद्यार्थीलाई अन्यौलग्रस्त बनाइदिएको छ ।’ आउँदो सेप्टेम्बर महिनामा सुरु हुने शैक्षिक सत्रको प्रक्रियामा तत्कालै सरिक हुन नसकेमा विद्यार्थीले पाएको उच्च शिक्षाको अवसर गुम्न सक्ने देखिन्छ ।

शिक्षा मन्त्रालयको वैदेशिक अध्यन शाखासम्बद्ध अधिकारीका अनुसार, कर्मचारीको तहमा एनओसीको यो विषयलाई गम्भीरतापूर्वक रुपले लिए पनि शिक्षामन्त्री र सचिवले यसमा खासै सरोकार नराखेका कारण सीसीएमसीमा स्पष्ट रुपमा एजेन्डा उठ्न सकिरहेको छैन । ‘यसअघि सीसीएमसीले विदेशमा रहेका नेपाली उद्धार गर्न नसकिने भनेर गरेको निर्णयलाई पर्यटनमन्त्रीको अडानले शुक्रबार उल्टाइदिएको छ,’ ती अधिकारीले भने, ‘यसैगरी अडान र कारण स्पष्ट खुलाएर ३० हजारभन्दा बढी विद्यार्थीको यो समस्यालाई सीसीएमसीमा उठाउने हो भने एनओसी प्रक्रिया तत्काल सुचारु हुन सक्छ, यसमा शिक्षा मन्त्री र सचिवको अडान चाहिन्छ ।’ मन्त्रालयले भने जेजसरी पनि विदेश जाने र अनियन्त्रित रुपमा भीड बढाउने स्थिति आएमा विद्यार्थीमाझ संक्रमण फैलन सक्ने भन्दै एनओसी तत्काल दिन नसकिने प्रतिक्रिया दिँदै आएको छ ।

पीडित विद्यार्थीको समूहले भने ‘एनओसी पाउन सकेमा सम्बद्ध विश्वविद्यालयमा भर्ना प्रक्रिया ग्यारेन्टी गर्न सकिने, भिसा लिने प्रक्रिया अघि बढ्ने र तत्काल अनलाइन कक्षामा बस्न सकिने’ भन्दै घरमै अनलाइन कक्षामा बस्दैमा कुनै प्रकारको संक्रमणमा पर्ने सम्भावना नरहने जिकिर गरेका छन् ।

‘प्रतिष्ठित विश्वविद्यालयहरुमा हामीले पाएको उच्च शिक्षा अवसरलाई तत्काल ‘सुनिश्चित’ गर्न मात्रै चाहेका हौं,’ विद्यार्थी बिराज खनाल भन्छन्, ‘अहिलेको सेमेस्टरलाई पछि सार्नकै लागि भए पनि तत्काल भर्ना प्रक्रियामा जोडिनैपर्छ, यसका लागि एनओसी जरुरी छ नै । हामी कोरोना संक्रमणको स्थितिलाई बुझ्न सक्छौं, यसो भन्दैमा अनलाइनबाट हुन सक्ने भर्ना, पढाइका सबै अवसर अवरुद्ध भइरहुन् भन्ने हाम्रो मनसाय होइन ।’@कान्तिपुर समाचार

बाट थप

  • कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थितिकुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति
  • इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइतेइच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते
  • यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कमयस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम
  • आज मिति २०८२ साल कार्तिक २६ गते बुधबारआज मिति २०८२ साल कार्तिक २६ गते बुधबार
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    भरतपुरको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत, त्रिविको विकल्प बन्ने सम्भावना

    भरतपुरको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत, त्रिविको विकल्प बन्ने सम्भावना

    समाचार
    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑