भदौ, नवलपरासी । कोरोनाबाट भाइरसको संक्रमणबाट नेपाली कांग्रेसका जिल्ला उपसभापतिको निधन भएको छ । नवलपरासी सुस्ता पश्चिमका ३९ बर्षिय उपसभापति शुभाषचन्द्र गिरीको पाटन अस्पताल ललितपुरमा आज बिहान ६ बजे मृत्यु भएको हो ।
कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा पुगेर भर्ना भएका गिरीको भेन्टिलेटरको सहायतामा उपचार भइरहेकामा गएराति ११ बजेदेखि श्वासप्रश्वासमा समस्या आएको र बिहान ६ बजेतिर मृत्यु भएको अस्पतालमै रहेका कांग्रेस सांसद देवेन्द्रराज कंडेलले पुष्टि गरे ।
उनी नेपाली कांग्रेसमा समायोजना हुँदा विजयकुमार गच्छदारको फोरम लोकतान्त्रिकबाट आएका थिए ।
गिरीको केही समय अगाडि पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गरेका उनलाई हप्ता दिन अगाडिमात्रै कोरोना पोजेटिभ देखिएको थियो ।
उनको पित्तथैलीको अप्रेशन भैरहवा मेडिकल कलेजमा भएको थियो । अप्रेशन गरेर फर्किएपछि उनलाई कोरोना संक्रमण देखिएको थियो ।
त्यसपछि उनलाई कोरोना अस्पताल बुटबलमा लगिएको थियो । त्यहाँबाट हेलिकोप्टरबाट काठमाडौं आउन खोज्दा हेलिकोप्टरसमेत नपाएको पारिवारिक स्रोतले बताएको छ ।
त्यसैगरी एम्बुलेन्ससमेत नपाएपछि नवलपरासीबाट एम्बुलेन्स मगाएर काठमाडौं आएका थिए ।
उनलाई थप उपचारका लागि साउन ३० गते ललितपुरको पाटनमा ल्याइएको थियो । तर भदौ १ गते सोमबार भेन्टिलेटरमा राखिएको थियो । उनको मंगलबार बिहान मृत्यु भएको हो ।
कांग्रेस सांसद एवं नेता देवेन्द्रराज कंडेलका अनुसार मंगलबार साँझ ६ बजे प्रशासनले पशुपति आर्यघाटमा गिरीको दाहसंस्कार गर्नेछ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस