भदौ, काठमाडाैं । काठमाडौँ उपत्यकामा साेमबार थप १ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार विभिन्न प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँ उपत्यकामा थप १ सय ६८ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।
नयाँ संक्रमितमा काठमाडौँका १ सय ३९ जना, ललितपुरका १५ जना र भक्तपुरका १४ जना छन् ।
यसैगरी साेमबार देशभरमा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयाेगशालामा ११ हजार ५ सय २० जनाकाे परीक्षण गर्दा साे संख्यामा संक्रमित पाइएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।
यसैगरी साेमबार विभिन्न अस्पतालबाट १ सय ६० जना निकाे भएर घर फर्किएका छन् । हालसम्म संक्रमितमध्ये १७ हजार ४ सय ९५ जना निको भएर घर फर्किएका छन् ।
यसैगरी पछिल्लाे २४ घन्टामा देशभरमा ३ जनाकाे मृत्यु भएकाे छ । यससँगै नेपालमा काेराेना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या १ सय ७ पुगेकाे छ ।
मृत्यु हुनेहरूमा माेरङका ६० वर्षीय पुरुष, राैतहटका ३२ वर्षीय पुरुष र काठमाडाैंकी ५८ वर्षीया महिला रहेकाे प्रवक्ता गाैतमले जानकारी दिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस