भदौ, काठमाडौँ । कोरोना भाइरस कोभिड-१९ को महामारीले यतिबेला विश्व आक्रान्त छ । नेपालमा पनि दिनानु दिन संक्रमितको संख्या बढ्ने क्रम जारी छ । अहिले २७ हजार नजिक संक्रमित पुष्टि भइसकेको छ भने १०४ जनाले त ज्यान नै गुमाई सकेको अवस्था छ ।
सरकारले लकडाउन खोलेसंगै मानिसको चहलपहल बढेपछि कोरोना संक्रमण कम्युनिटीमा पुगिसकेको छ । यस बीच सरकारले आफ्नो सुरक्षा आफै गर्नु भनेर आह्वान गर्दै आएको छ । हुन पनि कोरोना लागि हाले अहिले यसको कुनै भ्याक्सिन नभएको हुदा ज्यानको जोखिम निक्कै हुन्छ । त्यसैले कोरोना लागेर मृत्यु कुर्नु भन्दा काेराेना लाग्न नदिनु नै उत्तम हाे ।
यसै बीच एक उदाहरणका रूपमा काठमाडौँको एक ठुलो नीजी अस्पतालले कोरोना संक्रमितको उपचारबाट लाखौ रुपैया लिएको खुलासा भएको छ । पिडितको आफन्तका अनुसार संक्रमितलाई १२ दिन अस्पतालमा राखे बापत २६ लाख लिएको खुलेको हो ।
सरकारसंग सामान्य अस्पतालको सैया पनि अभाव भएको बेला भेन्टिलेटरको आशा गर्नु त बेक्कार कै कुरा छ । त्यस्तोमा निजी अस्पतालले चरम महगींमा बिरामीको उपचार गर्ने अवसर मिल्ने नै भयो । यसलाई सरकारले पुष्टि नगरे पनि बरिष्ठ जनस्वास्थ्य चिकित्सक तथा पोषणविद अरुणा उप्रेतीले एक अस्पतालले कोरोना संक्रमितको उपचारमा २६ लाख रुपैयाँ लिएको आफूलाई जानकारी आएको बताएकी छन् ।
“मलाई कोरोना को सक्रमण् भएर हस्पिटल जानु पर्यो भने त शायद घर मै म र्छु होला । काठमाडौँको एक ठुलो अस्पातलमा मेरो एक चिनेको मानिसलाई कोरोना भएर भेन्टिलेटरमा १२ दिन राखेको २६ लाख लियो रे। उनको जीवन पनि रहेन् । एक रातमा २६ लाख अस्पातललाई दिएपछि मात्र लाश दिए । त्यसपछि सैनिकहरु आएर लगेर बिद्युत शव दाह गृहमा लगे । परिवारलाई ”खरानी” दिए। यत्रो पैसा कसरी परिवारले पायो होला ? त्यत्रो पैसा कसरी तिरेको होला ?”
एक महिलाले भनेको कुरा सुनेर मलाई लाग्यो गरीब त कोरोनाले संक्रमित भएर उपचार गराउन सक्ने अबस्ता छैन । मेरो पनि कोरोनाको बिमा त गरेको छ तर कोरोना भए एक लाख सम्म देला उपहचारको , २५ लाख कताबाट ल्याउने होला ?” एक महिलाको कुरा सुनेर मलाई पनि सोच मग्न बनएको छ । कोरोना लागे अस्पातल गएर २६ लाख कसरी तिर्ने ?@ सन्देश मिडिया
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस