साउन,चितवन । भरतपुर अस्पताल कोभिड -१९ प्रयोगशालामा हाल सम्म जिल्लाका ३ हजार ५ सय नमुना परिक्षण गरेको छ । जसमध्ये १ सय ९९ जनामा कोरोना संक्रमण देखिएको छ ।
ती मध्ये एक जनाको मृत्यु भई सकेको छ भने भरतपुर अस्पतालबाट ९३ जना उपचार पछि घर फर्किसकेका छन् । भरतपुर अस्पतालमा मृत्यु भएका अर्का एक जना कैलालीका रहेका छन् ।
जिल्लाका संक्रमित मध्ये १ सय १३ जना संक्रमण मुक्त भएर घर फर्कि सकेका छन् भने ८५ जना अहिले पनि उपचाररत रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रमुख दिपक तिवारीका अनुसार ८५ जना मध्ये ४२ जना भरतपुर अस्पतालमा उपचाररत छन् भने अन्य होम आईसोलेसनमा रहेका छन् ।
कोरोना संक्रमित मध्ये भरतपुर महानगरपालिकाका १ सय २१ जना, कालिका नगरपालिकाका ५ जना, रत्ननगर नगरपालिकाका ९ जना, माडी नगरपालिकाका ४१ जना, खैरहनी नगरपालिकाका ७ जना, राप्ती नगरपालिकाका १५ जना र १ जना इच्छाकामना गाउँपालिकाका रहेका छन् । जिल्लामा पछिल्ला दिनहरुमा संक्रमितको संख्या वढ्दै गएको छ । कोरोनाको उपचार गर्दै आएको जिल्लाको हव अस्पताल भरतपुर अस्पतालका प्रमुख र रत्ननगर बकुल्लहर अस्पतालका प्रमुख सहित २८ जना चिकित्सक, स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् ।
प्रयोगशालाले जिल्ला सहित १४ जिल्लाका १४ हजार ५ सय नमुना परिक्षण गरिएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार जस मध्ये ४ सय ८४ जनामा कोरोना संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस