• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ अषाढ २९, आईतबार | Sun, 13, Jul, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

निषेधाज्ञा को पहिलोदिन, सुनसान भरतपुर (फोटो सहित )

२०७७ श्रावण ३१, शनिबार मा प्रकाशित अनुमानित पढ्ने समय : ८ मिनेट
निषेधाज्ञा को पहिलोदिन, सुनसान भरतपुर (फोटो सहित )


Author
हेल्लो चितवन अन्लाईन्
(४ साल अघि)

साउन, चितवन । भरतपुर महानगर क्षेत्रमा सुरक्षा निगरानी बढाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले साउन ३० गते राती १२ बजेदेखि भदौ ५ गतेसम्म निषेधाज्ञा लगाएपछि सुरक्षाकर्मी परिचालन बढाइएको हो । सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले महानगरमा सुरक्षा निगरानी बढाइएको बताउनुभयो ।

कोरोना संक्रमण समुदायस्तरमा फैलन सक्ने जोखिम देखेर निषेधाज्ञा लगाइएको हो, उहाँले भन्नुभयो, “जथाभावी हिडडुल र सवारीसाधनको प्रयोग नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन गरेका छौँ ।” स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम महानगरको सबै क्षेत्रमा निषेधाज्ञा लगाइएको हो । तीनै तहका नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी चोक सडकमा उत्रिएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले ३० ठाउँमा पिकेट र ८ वटा मोबाइल गस्ती गरिएको जानकारी दिनुभयो । “करिब ४ सय प्रहरी दैनिक परिचालन हुनेछन्”, उहाँले भन्नुभयो, “प्रहरी चौकी, इलाका प्रहरी कार्यालय मार्फत पनि नजिकका क्षेत्रमा निगरानी बढाइएको छ ।” भरतपुर, नारायणगढ, चनौली, रामनगर, जुगेडी लगायतका क्षेत्रमा निगरानी बढाइएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले ३८ जना ट्राफिक परिचालन भएको बताउनुभयो । “पहिलो दिनमै १ हजार बढी चालकलाई सम्झाइ बुझाइ छाडेका छौँ”, उहाँले भन्नुभयो, “केही घण्टा होल्ड गरेर छाडेका छौँ, नारायणी पुलतिरबाट आउन खोज्नेलाई कडा निगरानी गरेका छौँ ।” ट्राफिक प्रहरीले गोन्द्राङ, आँपटारी, शहिदचोक, लायन्सचोक, वीरेन्द्र क्याम्पस, हाकिमचोक, आँपटारी, गीतानगर, चनौलीमा निगरानी बढाएको छ ।

मोटरसाइकल गस्ती समेत बढाएको बताउनुभयो । कालिबहादुर गणका प्रमुख सेनानी विज्ञान खनालले दैनिक ६ वटा पेट्रोलिङ टोली परिचालन गरिएको जानकारी दिनुभयो । “पिकेट टोलीलाई आवश्यक  सुरक्षाका लागि तयारी अवस्थामा छौँ”, उहाँले भन्नुभयो, “बजारको मुख्य क्षेत्रमा पेट्रोलिङ गस्ती पनि बढाएका छौँ ।”

शसस्त्र प्रहरी बलका करिब १ सय ५० जना परिचालन भएका छन् । शसस्त्र प्रहरी उपरीक्षक दिपककुमार थापाले ७ वटा पिकेट र २ वटा पेट्रोलिङ गस्तीका लागि परिचालन गरिएको बताउनुभयो । चोकचोकमा खटिन बनाइएको टोलीलाई पिकेट गस्ती भनिन्छ भने गाडीमार्फत गरिने निगरानीलाई पेट्रोलिङ गस्ती भनिन्छ ।

एक साताका लागि महानगर क्षेत्रमा निषेधाज्ञा गरिएपनि विहान ५ र बेलुका तीन तीन घण्टा  अत्यावश्यकीय खाद्य सामाग्री खरिद गर्न घरबाहिर निस्कन दिने छुट भएपनि निगरानी गर्न नछाडिने जनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी शर्माले नजिकको पसलबाटै आवश्यक किनमेल गर्न सुझाउनुभयो । “दिनभरी रोकिएका यात्रु तथा सवारी गुड्न सो समय दिइएको होइन”, उहाँले भन्नुभयो, “सकेसम्म घरबाहिर ननिस्किनु, निस्कनै परे तोकिएको समयमा निजकको पसलबाटै किनमेल गर्नु, घुम्न ननिस्किनु ।”

दमकल, एम्बुलेन्स, ट्यांकर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीले प्रयोग गर्ने साधन र अत्यावश्यक कामका लागि अनुमति लिर्एरै मात्र सवारी चलाउन पाइने छ ।  उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजु श्रेष्ठले निषेधाज्ञा पूर्णपालना गर्न आग्रह गर्नुभयो ।

अहिलेको संक्रमणको चेन तोड्न सकिए आगामी चाडबाडमा सहज रुपमा व्यापार व्यवसाय चलाउने स्थिति बन्न सक्छ उहाँले भन्नुभयो, अहिले महानगरका सबै व्यवसाय बन्द गरेर सहयोग गरौँ । संघले शुक्रबारनै विज्ञप्ति निकालेर एक हप्ता सबै व्यापार व्यवसाय बन्द गर्न अनुरोध गरेको थियो ।

बाट थप

  • क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासाक्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
  • यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बरयो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर
  • रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बररूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर
  • बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोसबर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

    क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

    यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

    यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

    रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

    रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

    संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

    काठमाडौं महानगरपालिकाको नगरसभा बस्दैँ

    काठमाडौं महानगरपालिकाको नगरसभा बस्दैँ

    आजको मौसमः कर्णालीबाहेक अन्य प्रदेशमा भारी बर्षा हुने

    आजको मौसमः कर्णालीबाहेक अन्य प्रदेशमा भारी बर्षा हुने

    आजको राशिफलः २०८२ असार २९ गते आईतबार

    आजको राशिफलः २०८२ असार २९ गते आईतबार

    हाल देशभरका कुन कुन सडकखण्ड छन् अवरुद्ध ?

    हाल देशभरका कुन कुन सडकखण्ड छन् अवरुद्ध ?

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    एमालेको सचिवालय बैठक शुरु

    एमालेको सचिवालय बैठक शुरु

    मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

    मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

    नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

    सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

    सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

    गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

    गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

    रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

    रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

    अभिनेत्री करिश्मा कपुरका पुर्व पतिको निधन

    अभिनेत्री करिश्मा कपुरका पुर्व पतिको निधन

    लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

    लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

    बहिस्कार गरिएका बैठकको भत्ता नलिने राप्रपाको घोषणा

    बहिस्कार गरिएका बैठकको भत्ता नलिने राप्रपाको घोषणा

    समाचार
    क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

    क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

    यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

    यो हो भोजपुरीको सबैभन्दा महंगो फिल्म, कमाएको थियो दोब्बर

    रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

    रूसले फेला पारयाे अन्टरटिका मुनी बिशाल तेलकाे भण्डार, साउदीको भन्दा दोब्बर

    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    बर्षायाममा छालालाई चमक र रोगमुक्त बनाउने घरेलु उपाय जान्नुहोस

    संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

    संसदीय समितिमा भोटेकोशी बाढी रक्षतिका बारेमा छलफल हुने

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑