• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ पौष २९, मंगलबार  | Mon, 12, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

भरतपुर महानगर वडा नं ४ का वडाध्यक्ष आचार्यले आफ्नै वडाबासी डाक्टर लाई कोरोना लागेपछी गरे यती सम्मको हर्कत

August 15, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ३ मिनेट
भरतपुर महानगर वडा नं ४ का वडाध्यक्ष आचार्यले आफ्नै वडाबासी डाक्टर लाई कोरोना लागेपछी गरे यती सम्मको हर्कत

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

साउन, चितवन । फ्रन्टलाइनमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरु धमाधम कोरोना संक्रमित हुन थालेका छन्।

लकडाउन खुल्नु अघिसम्म दैनिक एक सयभन्दा तल झरेको संक्रमितको संख्या लकडाउन खुलेसँगै चार सयको हाराहारीमा पुगेको छ। जसमा स्वास्थ्यकर्मी पनि पर्ने गरेका छन्। नारायणी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारको घटना सेलाउन नपाउँदै चितवनमा झनै नराम्रो घटना भएको छ।

फरक के छ भने, नारायणी अस्पतालमा ‘डाक्टर चोर देश छोड’ भनेर नारा लगाइएको थियो भने चितवनमा चिकित्सकको घरमा कोरोना संक्रमित भन्दै ब्यानर टाँस्न खोजियो।

चितवनस्थित बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा विश्वबन्धु बगालेलाई गत सोमबार कोरोना पुष्टि भयो। उनीसँगै श्रीमतीलाई पनि कोरोना देखिएको छ।

बगाले दम्पतीलाई कोरोना पुष्टि भए पनि कुनै लक्षण देखिएको छैन। त्यसैले उनीहरु गत तीन दिनदेखि होम आइसोलेसनमै छन्। सँगै रहेका छोराको भने कोरोना नेगेटिभ आएपछि उनीहरु छुट्टाछुट्टै होम आइसोलेसनमा छन्।

उनले भने, ‘सोमबार बेलुकातिर कोरोना पुष्टि भएपछि हामी घरमै आइसोलेसनमा छौं। हामी कतै पनि गएका छैनौं। सतर्कता अपनाएरै घरमा आइसोलेसनमा छौं।’

तर शुक्रबार बिहान भने उनीसँग अचम्मको घटना घट्यो। बिहान साढे ७ बजेतिर उनलाई फोन आयो। फोनमा उनलाई बाहिर निस्कन भनियो। उनको घरमा भरतपुर वडा नं ४ का वडाध्यक्ष हरिहर आचार्यको नेतृत्वमा टोल सुधार समितिका केही मानिसहरु आएका रहेछन्।

उनीहरुको हातमा ब्यानर थियो र ब्यानरमा लेखिएको थियो, ‘कोरोना संक्रमितको घर।’ उनीहरु कोरोना सर्न सक्ने भन्दै सचेत गराउन ब्यानर टाँस्न आएको डा बगालेले बताए।

उनी भन्छन्, ‘तपाईं बाहिर निस्कन पर्‍यो भन्दै मलाई बिहानै फोन आयो। वडा अध्यक्ष आचार्य को नेतृत्वमा मेरो घरमा ब्यानर टाँस्न पो आउनु भएको रहेछ। यो देखेर म त अचम्ममा परें।’

आफूले प्रतिवाद गरेपछि मात्र उनीहरु फर्किएको उनले बताए। ‘हामी दिनरात बिरामीको उपचारमा खटिरहेका छौं।’ उनले भने, ‘हामीलाई हौसला दिनुको साटो झन् समाजकै जान्ने बुझ्ने मान्छेले यस्तो व्यवहार गर्छन्।’

बकुलहर रत्ननगर अस्पतालका अन्य स्वास्थ्यकर्मीहरुमाथि पनि दुव्र्यवहार भएको उनले बताए।

डा बगालेको अनुभव उनकै शब्दमा

गत आइतबार मैले कोरोना परीक्षण गराएको थिएँ। केही लक्षण त थिएन। तर फ्रन्टलाइनमा बसेर काम गरेकाले परीक्षण गरौं न भनेर गराएको थिएँ। सोमबार बेलुकी कोरोना पुष्टि भएको थियो।

श्रीमती पनि कोरोना पुष्टि भएपछि म घरकै आइसोलेसनमा छु। बाहिर कतै पनि निस्किएको छैन। शुक्रबार बिहान साढे सात बजेतिर मलाई फोन आयो। मलाई बाहिर निस्कन भने।

बाहिर निस्कदा त, चार–पाँच जनाको टोली मेरो घरमा ब्यानर टाँस्न तयार भएर बसेका रहेछन्। वडा नं ४ का अध्यक्ष हरिहर आचार्यको नेतृत्वमा ब्यानर टाँस्ने भन्दै आए। ब्यानरमा कोरोना संक्रमितको घर, आइसोलेसन घर यस्तै केही लेखिएको थियो। मैले उहाँहरुलाई भनें– हामी घरभित्रै चुकुल लगाएर बसेका छौं, बाहिर कतै गएका छैनौं। तपार्इंहरुलाई यो जरुरी किन?

उहाँहरुले यत्तिकै सचेत गराउन भने। मैले ठिकै छ, तपाईंहरु टाँस्ने भए टाँस्नुस्। तर यसले झन् डर पैदा गर्छ। कोरोना संक्रमण फैलनबाट रोक्दैन भनें। म आफैं घरभित्र सुरक्षित रुपमा बसेको छु। बाहिर कतै घुलमिल भएको छैन।

मलाई यहाँ यस्तो व्यवहार गरिएको छ। उता अस्पतालका केही स्वास्थ्यकर्मीलाई पनि घरबेटीले कोठामा छिर्नै दिएका छैनन्।

म घरमा सुरक्षित भएर बस्दा त समाजकै जान्ने बुझ्नेले यस्तो व्यवहार गर्छन् भने अन्य घर भाडामा बस्ने अनि सामान्य मानिसलाई कस्तो व्यवहार हुन्छ होला?

हामीलाई यो बेलामा हौसला चाहिएको छ। सबैको साथ आवश्यक पर्छ। तर यस्तो विषय परिस्थितिमा नै स्वास्थ्यकर्मी माथि यस्तो व्यवहार गरियो भने कसरी उच्च मनोबलका साथ सेवा दिन सकिन्छ?@स्वास्थ्य पत्रिका

बाट थप

  • कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु
  • आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने
  • त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी
  • देशभर मौसम सफा रहने देशभर मौसम सफा रहने
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    समाचार
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑