• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • शिक्षा
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
आज: २०७९ चैत्र ६, सोमबार | Mon, 20, Mar, 2023
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • हाम्रो समाजमा
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • मनोरन्जन
  • स्वास्थ्य-जीवनशैली
  • साहित्य

भरतपुर महानगर वडा नं ४ का वडाध्यक्ष आचार्यले आफ्नै वडाबासी डाक्टर लाई कोरोना लागेपछी गरे यती सम्मको हर्कत

२०७७ श्रावण ३१, शनिबार मा प्रकाशित अनुमानित पढ्ने समय : ३ मिनेट
भरतपुर महानगर वडा नं ४ का वडाध्यक्ष आचार्यले आफ्नै वडाबासी डाक्टर लाई कोरोना लागेपछी गरे यती सम्मको हर्कत


Author
हेल्लो चितवन अन्लाईन्
(२ साल अघि)

साउन, चितवन । फ्रन्टलाइनमा काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरु धमाधम कोरोना संक्रमित हुन थालेका छन्।

लकडाउन खुल्नु अघिसम्म दैनिक एक सयभन्दा तल झरेको संक्रमितको संख्या लकडाउन खुलेसँगै चार सयको हाराहारीमा पुगेको छ। जसमा स्वास्थ्यकर्मी पनि पर्ने गरेका छन्। नारायणी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको दुव्र्यवहारको घटना सेलाउन नपाउँदै चितवनमा झनै नराम्रो घटना भएको छ।

फरक के छ भने, नारायणी अस्पतालमा ‘डाक्टर चोर देश छोड’ भनेर नारा लगाइएको थियो भने चितवनमा चिकित्सकको घरमा कोरोना संक्रमित भन्दै ब्यानर टाँस्न खोजियो।

चितवनस्थित बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा विश्वबन्धु बगालेलाई गत सोमबार कोरोना पुष्टि भयो। उनीसँगै श्रीमतीलाई पनि कोरोना देखिएको छ।

बगाले दम्पतीलाई कोरोना पुष्टि भए पनि कुनै लक्षण देखिएको छैन। त्यसैले उनीहरु गत तीन दिनदेखि होम आइसोलेसनमै छन्। सँगै रहेका छोराको भने कोरोना नेगेटिभ आएपछि उनीहरु छुट्टाछुट्टै होम आइसोलेसनमा छन्।

उनले भने, ‘सोमबार बेलुकातिर कोरोना पुष्टि भएपछि हामी घरमै आइसोलेसनमा छौं। हामी कतै पनि गएका छैनौं। सतर्कता अपनाएरै घरमा आइसोलेसनमा छौं।’

तर शुक्रबार बिहान भने उनीसँग अचम्मको घटना घट्यो। बिहान साढे ७ बजेतिर उनलाई फोन आयो। फोनमा उनलाई बाहिर निस्कन भनियो। उनको घरमा भरतपुर वडा नं ४ का वडाध्यक्ष हरिहर आचार्यको नेतृत्वमा टोल सुधार समितिका केही मानिसहरु आएका रहेछन्।

उनीहरुको हातमा ब्यानर थियो र ब्यानरमा लेखिएको थियो, ‘कोरोना संक्रमितको घर।’ उनीहरु कोरोना सर्न सक्ने भन्दै सचेत गराउन ब्यानर टाँस्न आएको डा बगालेले बताए।

उनी भन्छन्, ‘तपाईं बाहिर निस्कन पर्‍यो भन्दै मलाई बिहानै फोन आयो। वडा अध्यक्ष आचार्य को नेतृत्वमा मेरो घरमा ब्यानर टाँस्न पो आउनु भएको रहेछ। यो देखेर म त अचम्ममा परें।’

आफूले प्रतिवाद गरेपछि मात्र उनीहरु फर्किएको उनले बताए। ‘हामी दिनरात बिरामीको उपचारमा खटिरहेका छौं।’ उनले भने, ‘हामीलाई हौसला दिनुको साटो झन् समाजकै जान्ने बुझ्ने मान्छेले यस्तो व्यवहार गर्छन्।’

बकुलहर रत्ननगर अस्पतालका अन्य स्वास्थ्यकर्मीहरुमाथि पनि दुव्र्यवहार भएको उनले बताए।

डा बगालेको अनुभव उनकै शब्दमा


गत आइतबार मैले कोरोना परीक्षण गराएको थिएँ। केही लक्षण त थिएन। तर फ्रन्टलाइनमा बसेर काम गरेकाले परीक्षण गरौं न भनेर गराएको थिएँ। सोमबार बेलुकी कोरोना पुष्टि भएको थियो।

श्रीमती पनि कोरोना पुष्टि भएपछि म घरकै आइसोलेसनमा छु। बाहिर कतै पनि निस्किएको छैन। शुक्रबार बिहान साढे सात बजेतिर मलाई फोन आयो। मलाई बाहिर निस्कन भने।

बाहिर निस्कदा त, चार–पाँच जनाको टोली मेरो घरमा ब्यानर टाँस्न तयार भएर बसेका रहेछन्। वडा नं ४ का अध्यक्ष हरिहर आचार्यको नेतृत्वमा ब्यानर टाँस्ने भन्दै आए। ब्यानरमा कोरोना संक्रमितको घर, आइसोलेसन घर यस्तै केही लेखिएको थियो। मैले उहाँहरुलाई भनें– हामी घरभित्रै चुकुल लगाएर बसेका छौं, बाहिर कतै गएका छैनौं। तपार्इंहरुलाई यो जरुरी किन?

उहाँहरुले यत्तिकै सचेत गराउन भने। मैले ठिकै छ, तपाईंहरु टाँस्ने भए टाँस्नुस्। तर यसले झन् डर पैदा गर्छ। कोरोना संक्रमण फैलनबाट रोक्दैन भनें। म आफैं घरभित्र सुरक्षित रुपमा बसेको छु। बाहिर कतै घुलमिल भएको छैन।

मलाई यहाँ यस्तो व्यवहार गरिएको छ। उता अस्पतालका केही स्वास्थ्यकर्मीलाई पनि घरबेटीले कोठामा छिर्नै दिएका छैनन्।

म घरमा सुरक्षित भएर बस्दा त समाजकै जान्ने बुझ्नेले यस्तो व्यवहार गर्छन् भने अन्य घर भाडामा बस्ने अनि सामान्य मानिसलाई कस्तो व्यवहार हुन्छ होला?

हामीलाई यो बेलामा हौसला चाहिएको छ। सबैको साथ आवश्यक पर्छ। तर यस्तो विषय परिस्थितिमा नै स्वास्थ्यकर्मी माथि यस्तो व्यवहार गरियो भने कसरी उच्च मनोबलका साथ सेवा दिन सकिन्छ[email protected]स्वास्थ्य पत्रिका

बाट थप

  • यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमायसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा
  • रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको मागरासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग
  • देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमादेशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा
  • जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बितजुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    मनहरीमा बस दुर्घटना- घाइते १४ मध्य ३ को अवस्था गम्भीर

    मनहरीमा बस दुर्घटना- घाइते १४ मध्य ३ को अवस्था गम्भीर

    दोहोरिएर राष्ट्रपति बन्ने व्यवस्थाको अन्त्य गरौं: महामन्त्री शर्मा

    दोहोरिएर राष्ट्रपति बन्ने व्यवस्थाको अन्त्य गरौं: महामन्त्री शर्मा

    अहिलेको राजनीतिको अर्को परिभाषा गुटबन्दी र जालझेल- एमाले अध्यक्ष ओली

    अहिलेको राजनीतिको अर्को परिभाषा गुटबन्दी र जालझेल- एमाले अध्यक्ष ओली

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    एजुकेशन कन्सल्टेन्सीको यस्ता हर्कतले गर्दा विद्यार्थी समाजमा लज्जित हुन बाध्य !

    एजुकेशन कन्सल्टेन्सीको यस्ता हर्कतले गर्दा विद्यार्थी समाजमा लज्जित हुन बाध्य !

    चरित्र हत्या गरेको आरोपमा करिष्माले उजुरी दिएपछि डिल्लीराम खनाल पक्राउ परे

    चरित्र हत्या गरेको आरोपमा करिष्माले उजुरी दिएपछि डिल्लीराम खनाल पक्राउ परे

    लागुऔषधसहित कालिकाबाट एक जना पक्राउ

    लागुऔषधसहित कालिकाबाट एक जना पक्राउ

    शिवरात्रिको दिन नारायणी नदीमा नुहाउँदा बेपत्ता भएका किशोरको शव फेला

    शिवरात्रिको दिन नारायणी नदीमा नुहाउँदा बेपत्ता भएका किशोरको शव फेला

    चितवन-२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    चितवन-२ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

    मध्यरातमा रक्सी खायर हुइकिदा नारायणी नदीको पुल छेउबाट गाडी खस्यो ।

    मध्यरातमा रक्सी खायर हुइकिदा नारायणी नदीको पुल छेउबाट गाडी खस्यो ।

    राष्ट्रपतिकाे निर्वाचन नजिकिंदै जादा रामचन्द्र पौडेलको सक्रियता बढ्यो।

    राष्ट्रपतिकाे निर्वाचन नजिकिंदै जादा रामचन्द्र पौडेलको सक्रियता बढ्यो।

    राष्ट्रपति पद पेचिलो बन्दै, उम्मेदवारीमा सहमती जुटाउन सकस

    राष्ट्रपति पद पेचिलो बन्दै, उम्मेदवारीमा सहमती जुटाउन सकस

    समाचार
    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    यसकारण प्रधानमन्त्री दाहाल भोलि १ बजेसम्म तनावमा

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    रासायनिक मलमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न एमालेको माग

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    देशभरका ६० क्याम्पसको मतपरिणाम सार्वजनिक हुदा एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    जुम बैठकमा महिला कर्मचारीसँग रोमान्स गर्ने चितवन कृषि विश्वविद्यालयका डीन निलम्बित

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    आज र्कीतिपुर मैदानमा यूएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑