साउन, चितवन । कोरोना भाइरसको संक्रमितको संख्या बढ्दै गएपछि भोलि शनिबारदेखि भरतपुर महानगरपालिकाभित्र निषेधाज्ञा जारी गर्ने भएको छ। आज शुक्रबार, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, जिल्ला प्रहरी प्रमुख नान्तीराज गुरूङ, चितवन उद्योग संघ चितवन, उद्योग वाणिज्य संघ चितवन , यातायात व्यवसायीलगायत सरोकारवाला निकायका प्रमुखहरूबीच भरतपुर महानगरपालिकामा भएको छलफलबाट महानगरभित्र कम्तीमा एक हप्तासम्मको लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले जानकारी दिए।
निषेधाज्ञा जारी भएसँगै महानगर क्षेत्रभित्र सार्वजनिक यातायात पूर्णरूपमा ठप्प हुनेछ भने उद्योग तथा कलकारखानाहरू सञ्चालनमा समेत कडाई गरिने जनाइयको छ। कलकारखाना सञ्चालनको लागि भने कारखानाभित्रै बस्नेहरूबाट मात्रै सञ्चालन गर्न पाइने अध्यक्ष पौडेलले जानकारी दिए। निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा मात्रै सञ्चालन गर्न पाइने छ। त्यो पनि स्वास्थ्य सुरक्षाको उच्चतम उपाय अपनाएर मात्रै सञ्चालन गर्न पाइने चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। निषेधाज्ञा उल्लंघन गरेको पाइएमा कडा कारवाही गरिने उनले बताए।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस