• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ८, बिहिबार  | Thu, 22, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

त्रिविले परीक्षा नलिई माथिल्लो सेमेस्टर पढाउने, वार्षिक परीक्षा अन्योल

August 13, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ३ मिनेट
त्रिविले परीक्षा नलिई माथिल्लो सेमेस्टर पढाउने, वार्षिक परीक्षा अन्योल

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

साउन, काठमाडौँ  । कोरोना भाइरस (कोभिड–१९ ) का कारण त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डर प्रभावित भएको छ । स्नातक र स्नातकोत्तरको परीक्षा प्रभावित हुँदा ४ लाख १५ हजार विद्यार्थी अन्योलमा छन् ।

शैक्षिकसत्र प्रभावित हुने भएपछि विश्वविद्यालयले सेमेस्टर प्रणालीको परीक्षा अनुकूल समयमा लिने गरी माथिल्लो कक्षामा पढाउने तयारी थालेको छ । भदौदेखि असोजसम्म परीक्षा सक्ने गरी परीक्षा तालिकासमेत त्रिविले सार्वजनिक गरेको थियो । तर, कोरोना संक्रमितको सङ्ख्या बढेपछि त्रिविले परीक्षा स्थगित गरेको छ ।

अब अर्को कक्षा सुरु गरिने

परीक्षा सम्भव नभएपछि त्रिविले सेमेस्टरको अर्को कक्षा सुरु गर्ने भएको छ । विद्यार्थी अन्योलमा भएपछि त्रिविले सेमेस्टरको परीक्षा नलिई माथिल्लो कक्षा सुरु गर्ने तयारी थालेको हो । शैक्षिकसत्रलाई खेर जान नदिन अनलाइनबाट विद्यार्थीलाई पढाउने त्रिविका शिक्षाध्यक्ष प्रा. डा. शिवलाल भुसालले जानकारी दिए ।

असोजसम्म जाँच सक्ने भन्ने थियो । त्यो सम्भावना रहेन । परीक्षा अनुकूल समयमा लिने गरी अर्को सेमेस्टरको कक्षा सञ्चालन गर्ने तयारी थालेका छौँ,’ उनले भने ।

अनलाइन कक्षा

तत्काल फेस टु फेस पढाउने स्थिति नभएकाले अनलाइनबाट विद्यार्थीलाई पढाउने शिक्षाध्यक्ष भुसालले बताए ।

‘फेस टु फेस पढाउने सम्भावना छैन । विद्याथी र शिक्षकलाई अनलाइनमा परिचित पनि बनाउनु छ । माथिल्लो कक्षा अनलाइनमा पढाएर परिचित बनाएपछि परीक्षा लिन पनि सहज हुन्छ,’ उनले भने, ‘एक सेमेस्टर अनलाइनबाट पढाएपछि फेस टु फेस सम्भव नभए परीक्षा पनि अनलाइनबाट लिन सकिन्छ ।’

योजनाअनुसार चल्न समस्या

कोरोनाले क्यालेन्डर प्रभावित भए पनि अनलाइनमा जोडिने अवसर भने दिएको छ । ‘कोरोनाले क्यालेन्डर प्रभावित भयो तर अनलाइनमा जोडिने मौका पनि दियो । अनलाइनमा जानैपर्ने बाध्यता भयो । एउटा योजना बनायो । परिस्थिति अर्कै बन्छ । योजनाअनुसार चल्न सकिएन,’ उनले भने ।

वार्षिक परीक्षा र कक्षा अन्योल

सेमेस्टरको कक्षा सुरु गर्ने तयारी गरे पनि वार्षिक परीक्षा र कक्षा के गर्ने भन्ने अन्योल छ । जेठ, असारमा परीक्षा गर्ने तय भएको थियो । तर, कोरोनाका कारण परीक्षा हुन सकेन । ‘वार्षिकको जाँच नगरी कक्षा चलाउन सकिने अवस्था छैन । विद्यार्थी कहाँकहाँ छन्, खोज्नुपर्ने स्थिति छ । वार्षिकको धेरै बिग्रँदैन,’ शिक्षाध्यक्ष भुसालले भने ।

४ वर्षलाई खुम्च्याउने

त्रिविले वार्षिकको हकमा भने खुम्च्याएर शैक्षिकसत्र चलाउने विषयमा छलफल गरिरहेको छ । ‘४ वर्षको समय हुन्छ,’ उनले भने, ‘अरु वर्षलाई खुम्च्याउने स्थिति आउँछ ।’

आन्तरिक मूल्याङ्कन राम्रो गरौँ

त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले आन्तरिक मूल्याङ्कनलाई प्रभाकारी बनाउनुपर्ने बताए । ‘प्राध्यापकले परीक्षा लिने हो । कापी परीक्षण गर्ने पनि प्राध्यापकले हो । आन्तरिक मूल्याङ्कन परीक्षा लिएको हुन्छ । त्यसलाई प्रभावकारी बनाएको भए आज समस्या हुने थिएन,’ उनले भने, ‘इन्टरनल परीक्षा खुला गर्ने, धेरै नम्बर दिने गरिएको छ । यसलाई सुधार गरेर आन्तरिक मूल्याङ्कनबाट पनि पहिलेको समस्या समाधान गर्न सकिन्छ ।’

परीक्षा प्रणालीमा सुधार 

माथेमाले परीक्षा प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिए । ‘पुरानै शैलीबाट परीक्षा गर्न सम्भव छैन । नयाँ डिजाइन गर्नुपर्छ । अनलाइनको माध्यमबाट पनि परीक्षा र कक्षा चलाउन सकिन्छ,’ उनले भने ।

विद्यार्थीको करियरमा असर

परीक्षा नहुँदा विद्यार्थीको करिअरमा असर पर्ने भएकाले सही निर्णय लिन उनले सरकारलाई आग्रह गरे । ‘परीक्षा नहुँदा विद्यार्थी मारमा पर्छन् । टाढाटाढाबाट पढ्न आएका हुन्छन् । बाआमाले खर्च पठाएर पढ्नुपर्ने स्थिति छ । १ वर्षमा पूरा गर्नुपर्ने २ वर्ष लाग्यो भने कति असर गर्छ ? यही वर्ष सकिएर जब मार्केटमा जाने विद्यार्थी २ वर्ष कुर्नुपर्ने हुन्छ । त्यसैले विज्ञहरूसँग छलफल गरेर एउटा निर्णयमा पुग्नुपर्छ,’ उनले भने । @Shilapatra

बाट थप

  • यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने
  • मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
  • अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक
  • प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    चितवनका तीनवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ६५ जनाले मनोनयन दर्ता

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    समाचार
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑