साउन, चितवन । चिया नेपाली परिवेशमा जो कोहीका लागि परिचित पेय पदार्थ हो । ठाउँ, परिवेश र उमेर समूहले आ–आफ्ना रुचिका चिया पिउने गर्दछन् ।
चिया भन्ने बित्तिकै नपिउने कोही हुँदैन । चियाका पारखिहरुका लागि लक्षित गर्दै भरतपुरका एक युवाले ३० थरिका चिया बिक्रि गर्दै आएका छन् ।
स्वदेशमा केही गर्ने कि बिदेश जाने ढुलमुलमा रहेका २६ वर्षिय फणिन्द्र न्यौपानेले आफ्नो होटलको अनुभव संगाल्दै युवा पुस्तालाई लक्षित गरेरनामक चियापसल संञ्चालनमा ल्याउनुभएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० सप्तगण्डकी चोक नजिकै उहाँले मासिक रु १५ हजार भाडा तिर्नेगरी चियादानी संञ्चालनमा ल्याउनु भएको हो ।
चिया पिउन पुग्ने जो कोही पनि त्यहाँको सजावट देखेर दङ्गपर्छ । उहाँले भन्नुभयो “फालिएका सामाग्री प्रयोग गरेर मैले चियापसल सुरु गरे ।” पुराना टायरको टेवल र कुर्सी छन् । थोत्रो बिक्रम ट्याम्पोमा काउन्टर र बसेर चिया खाने ठाउँ छ । सजावट संगै आनन्दीत पनि वनाईएको छ । उहाँले थप्नुभयो “झुलामा झुल्दै चिया पनि पिउन सक्नुहुन्छ ।” पुराना सामानले सजाय पनि कोठा वातावरण अनुकुलित छ । सिलिङ्गमा साईकलका पुराना रिङ्ग भित्र बत्ति वलिरहेको देख्न सकिन्छ ।
सानो ठाउँमा चटक्क मिलेर तन्नेरीहरु चियामा रमाई रहेको देख्न पाईन्छ । न्यौपानेले भन्नुभयो“म कहाँ ३० थरिका बिभिन्न थरि चिया पाईन्छ ।” धेरैको आकर्षण मट्का चियामा छ । माटाको तातोतातो भाँडामा चियाको छुट्टै आनन्द लिन युवा संगै वृद्धवृद्धा पनि आईपुग्छन् । मट्का संगै स्पाईसि, एप्पल, मेरो चिया, जिंजर लगाएतका चिया चियादानीमा पाईन्छ । न्यौपानेका अनुसार प्रति कप रु १० को कालो चिया देखि रु ७० पर्ने मट्का वा स्टवेरी चिया सम्म त्यहाँ पाईन्छ ।
न्यौपानेलाई भाई सुबाष र एक जना कर्मचारीले साथ दिई रहेका छन् । बिदेशीने तर्खरमा लाग्नुभएका न्यौपानेलाई पोखरामा चलि रहेको चियादानीले ध्यान खिच्यो । सामाजिक सञ्जालमा तन्नेरीहरुको समुहमा आवद्ध न्यौपानेले सरसापट र ऋण गरेर यही व्यवसाय थाल्नुभयो । उहाँले भन्नुभयो “दैनिक १ सय ५० हाराहारी ग्राहक आउँछन् ।” लकडाउन अघि पसल तयार गरेको भए पनि लकडाउन पछि मात्र खुलेको हो । दैनिक रु १० हजार हाराहारीको व्यापार भएको उहाँको भनाई छ । सबै राम्रो भएको भन्दै उहाँले माटाका गिलाँस पाउन मुस्किल भएको बताउनुभयो ।
भरतपुर महानगरपालिका वडा नम्बर १५ फुलबारीका न्यौपाने संग यस अघि सेन्ट्रल पाम र मितेरी होटलको अनुभव छ । उहाँले भन्नुभयो “फरक तरीकाले काम गर्न सक्यो भने यही हुँदो रहेछ । विदेश जानु पर्दैन ।” कोरोना संक्रमण सकिए पछि चियादानीलाई बिस्तार गर्ने सोच समेत आँफुमा आएको उत्साहीत हुँदै उहाँले सुनाउनु भयो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस