चितवन, साउन । चितवनमा आज (शनिबार) गरिएको कोरोना परीक्षणमा कोरोना पुष्टि भएका ८ जना मध्ये एक जना राष्ट्रिय बाणिज्य बैंक भरतपुर चौविसकोठी शाखामा कार्यरत कर्मचारी रहेको जनाइएको छ ।
चितवनमा अब कोरोना भाइरसबाट बैंक पनि अछुतो रहेन राष्ट्रिय बाणिज्य बैंक भरतपुर चौविसकोठी शाखा को फ्रन्ट डेस्कमै कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई का अनुसार कर्मचारीमै कोरोना संक्रमण देखिएपछि केहीदिन यता सो बैंकमा पुगेका सबै लाई क्वारेन्टिनमा बस्न आग्रह गरेका छन् । उनले भने–‘केहि दिन यता राष्ट्रिय वाणिज्य बैंक भरतपुर शाखा चौविसकोठीमा बैकिङ्ग कारोवारका लागि जानु भएको थियो भने केहि दिनका लागि होम क्वारेन्टिनमा बस्नुहोला र नजिकको स्वास्थ्य कार्यालयमा सम्पर्क राख्नुहोला ।’
चितवनमा शनिबार बालक, प्रहरी र थुनुवागरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस