साउन, काठमाडौं । सरकारका प्रवक्ता युवराज खतिवडाले तत्काल लकडाउनको सम्भावना नरहेको संकेत गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विज्ञहरुले दिएको सुझाव स्मरण गर्दै खतिवडाले भने- विज्ञहरुले पछिल्लो ६ महिनाको तथ्यांक देखाउँदै मान्छेलाई मार्ने रोगहरुको सूचीमा कोरोना ५० औँ नम्बरमा देखाउनु भएको छ अर्थात धेरै मान्छे अरु नै कारणले मरिरहेका छन्।
अर्थमन्त्रीसमेत खतिवडाले भने- चैत १० गते सरकार जुन हिसाबले लकडाउनमा जाने निर्णयमा पुगेको थियो, त्यो तरिकाले अहिले सोचेको छैन। कोरोना संक्रमण बढी भएको ठाउँमा कडाइ भने गरिन्छ। यो काम जिल्ला प्रशासन र स्थानीय निकायले गर्छन्।@Desh Sanchar
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस