साउन, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ललितपुरको खुमलटारस्थित निवासमा सुरक्षाका लागि खटिएका ६ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
प्रहरी अस्पतालमा गरिएको परीक्षणमा ६ जना प्रहरीमा संक्रमण देखिएको हो ।
बुधबार प्रचण्ड निवासका सबै सदस्यहरु र सुरक्षाकर्मीहरुमा कोरोना परीक्षण गरिएकामा बिहीबार ६ जना सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको सुरक्षा स्रोतले जानकारी दिएको छ। उक्त संक्रमण देखिएको ६ जना प्रहरी प्रचण्ड निवासको गेटमा खटिएका सुरक्षाकर्मी रहेको स्रोतले जानकारी दिएको छ ।
तेस्तै गरि राजधानीको नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा कार्यरत थप १० जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
यो सँगै प्रहरी प्रधान कार्यालयमा संक्रमित प्रहरीको संख्या ८५ पुगेको छ। प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले केही दिन अघि स्वाब लिइएकामध्ये १० जनाको पोजेटिभ रिपोर्ट बिहीबार आइपुगेको बताए।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस