साउन, काठमाडौँ । ‘इनफ् इज इनफ्’ अभियन्ता ईशान (ई:) १६ दिनदेखि राजधानीको बसन्तुपरमा अनसनमा बसेका छन्।सरकारले अझैसम्म वार्ताका लागि भने पहल गरेको छैन। ई: को स्वास्थ्य अवस्था कमजोर बन्दै जान थालेको छ।
क्वारेन्टिन व्यवस्थापन गर्नुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने लगायतका माग राख्दै १६ दिनदेखि अनसनमा बसेका छन् । सामान्य तर जनताका अति आवश्यक मागहरु राखेर अनसनरत युवाका मागप्रति सरकारले बेवास्ता गर्नु देश र जनताको लागि बिडम्बना हो ।
सरकारले कोभिड–१९ को संक्रमण व्यवस्थापनमा ध्यान दिनुपर्ने, परीक्षणको दायरा फराकिलो पार्नुपर्ने तथा आरडिटी परीक्षण रोक्नुपर्ने जस्ता माग राख्दै उनी अनसनमा बसेका हुन्।
यसअघि राजधानीकै ललितपुरमा यहि माग लिएर ई: १२ दिन अनसनमा बसेका थिए। त्यतिबेला सरकारले उनको माग पूरा गर्ने भन्दै सम्झौता गरेको थियो। तर माग पूरा नगरेपछि उनी कोभिड–१९ कै व्यवस्थापनको माग गर्दै दोश्रो पटक अनसनमा बसेका हुन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस